यस्ता छन् संयुक्त सरकारको नीति र कार्यक्रम (पूर्णपाठसहित)
काठमाडौं । पाँच दलिए गठबन्धनको संयुक्त सरकारले नीति र कार्यक्रमका साथै प्राथमिकतामा परेका कुराहरु सार्वजनिक गरेको छ । गठबन्धनको सरकारले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलको संयुक्त कार्यक्रममा सरकारका ११ प्राथमिकता निर्धारण गरिएको छ ।
यस्तै सरकारको नीति र कार्यक्रममा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति पाउन पहल गर्ने, राष्ट्रिय हितको संवर्द्धन, संघीयता कार्यान्वयनको सवाल, शान्ति सुरक्षाको प्रत्याभूति, सामाजिक रुपान्तरण, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका विषय रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्: