Bagmati Samachar Logo

केपी ओलीले नै एकता चाहेका छैनन्ः माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नचाहेको बताएका छन् । आफु पक्षका केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गदै नेपालले आफू सधै एकताको पक्षमा रहेको दाबी गरेका छन् ।

बिहीबारदेखि काठमाडौंमा सुरु भएको आफू पक्षको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफूहरुको चाहना सधै एकता पक्षमा रहेको तर ओलीले नै एकता नचाहेको बताएका हुन्।

नेपालले ओलीका अहिले पार्टीको अवस्था यस्तो भएको बताएका एक केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यले नेपालको भनाइ उदृत गदै भने ‘ओलीले संविधान नै मान्नु नपर्ने । जसका कारण यस्तो अवस्था आयो । पार्टी पनि विधि विधान अनुसार नचलाएर कब्जाको रणनीति अनुसार चलाएको । यो कुनै पदको लडाइ होइन । विचारको लडाइ हो । विचारमा कुनै सम्झौता हुदैन ।’

नेपालले एक पटक संसद जोगाउदा पनि नभएको । ओलीको उद्देश्य नै फरक देखिएको बताए । उनले भने ‘हामीलेमात्र एकता एकता भनेर मात्र नहुने ओली नै आफ्नो सहयोद्धलाई जे पायो त्यहि भन्दै हिड्नु । पार्टीको कुनै विधि विधान नमान्नु पर्ने । जे पायो त्यहि बोलिरहदा कसरी एकता हुन्छ ।’

संविधान सहि ठाउँमा ल्याएका छौ । यसलाई बचाउनु पर्ने जिम्मेवारी पनि आफ्नो रहेको नेपालले बताएका एक केन्द्रीय सदस्यले बताए । नेपालले वार्ता टोली आधिकारीक नभएपनि एकताकोलागि साथिहरुले गरेको प्रयास सकारात्मक रहेको बताएका थिए ।

सरकारले छिटोभन्दा छिटो कोरोना विरुद्धको खोपको व्यवस्था गरेर सबै नेपाली जनतालाई यथाशीघ्र खोप दिने काम सम्पन्न गर्नुपर्ने नेता नेपालको धारणा थियो। उनले बाढी र पहिरोबाट पीडित नेपाली जनतालाई गाँस बासको व्यवस्था गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै सरकारले सरकारले तदारुकता देखाउनुपर्ने बताए।