माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु, सुरेन्द्र र योगेश अनुपस्थित
काठमाडौं । नेकपा एमालेका झलनाथ खनाल–माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । क्वालिटी बैक्वेटमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटी सदस्यद्धय सुरेन्द्र पाण्डे र योगेश भट्टराई भने सहभागी भएका छैनन् ।
खनाल–नेपाल पक्षका दुबै जना स्थायी कमिटी सदस्य पाण्डे र भट्टराई पछिल्लो समयमा जसरी पनि केपी शर्मा ओलीसंग एकता गर्नु पर्छ भन्दै आएका छन् । तर उनीहरु आज बैठकमा नआउनुको कारण भने कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण बैठकमा सहभागी नभएको बताइएको छ ।
पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको नेपाल पक्षले बताएको छ ।
नेपाल पक्षका सांसदलदे प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिदा पाण्डे भने सदन बहिस्कार गरेर हिँडेका थिए । भट्टराईले भने सर्वोच्च अदालतमा सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको निवेदनमा पनि हस्ताक्षर गरेनन् ।
प्रतिक्रिया दिनुहोस्: