४१ वटा राजनीतिक दलको दर्ता खारेज (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज भएको बताए । उनले भने ‘ मंगलबार बसेको आयोगको बैठकले तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल दर्ता खारेज गरेको हो । यो निर्णय साउन २० गतेदेखि यो निर्णय लागू हुनेछ ।’
खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह एक बर्षसम्म अरुले प्रयोग गर्न पाउदैनन्। ९५ वटा दलहरूमात्र अब आयोगमा दर्ता छन् । यसअघि १३६ वटा दल आयोगमा दर्ता थिए ।
प्रतिक्रिया दिनुहोस्: