Bagmati Samachar Logo

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक साँझ फेरि बस्ने

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलको बैठक साँझ बस्नेगरी सकिएको छ । गठबन्धनको न्युनतम साझा कार्यक्रम तयार पार्न मंगलबार विहान बैठक बसेको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सरकारको साझा कार्यक्रमको मस्यौदामाथि छलफल भएको थियो । सरकारको न्यूनतम साझा कार्यक्रम मंगलबार नै टुंगो लगाउने तयारी भएको गठबन्धनका एक सदस्यले बताए ।

कार्यदलले तयार पारेको न्युनतम साझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेतालाई बुझाएपछि सार्वजनिक गरिने बताइएको छ ।
कार्यदलको प्रतिवेदन सार्वजनिक भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेका कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी छन् ।