ताजा अपडेट
राजनीति

राष्ट्रपतिद्वारा दुई नयाँ प्रदेश प्रमुख प्रमुख नियुक्त,दुई पदमुक्त

राष्ट्रपतिद्वारा दुई  नयाँ प्रदेश प्रमुख प्रमुख नियुक्त,दुई पदमुक्त
President Bidya Devi Bhandari signs

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मंगलबार दुई जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्न र गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

​नेपालको संविधानको धारा एक सय ६५ को उपधारा एकको खण्ड ‘ख’ बमोजिम यस अघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले छुट्टा छुट्टै दुई वटा विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…