Bagmati Samachar Logo

पार्टीको अनन्तरविरोध हल गर्न नसक्ने ओलीले देशको अन्तर्रविरोध के हल गर्थेः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीको अन्तर्रविरोध हल गर्न नसक्नेले देशको अन्तर्रविरोध हल गर्न नसक्ने बताएका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक’ प्रवचन कार्यक्रममा बोल्दै ओली तर्फ इंकित गदै उक्त कुरा बताएका हुन ।
उनले ओलीले एमालेको अन्तर्रविरोध हल गर्न नसकेको बताए ।

नेपालले ओलीलाई महाराजधिराजको संज्ञा दिदै भने ‘हिजो महाराजधिराजबाट आदेश आयो, माधव कुमार नेपाल लगायतलाई सबैलाई आम माफी दिएँ । के त्यही हो कम्युनिष्ट आदर्श ?’

३ गते साउनमा फेरि पनि संसद विघटन गर्ने षड्यन्त्र असफल पारेको बताएका छन् । ३ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत पुग्न नदिने र संसद विघटन गर्ने मेरो कदम ठीक थियो भन्ने स्थापित गर्न खोजेको बताए ।
उनले भने ‘आफूहरुले त्यसलाई असफल पारेको भन्दै उनले भने, ‘३ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत पुग्न नदिने र संसद विघटन गर्ने मेरो कदम ठीक थियो भन्ने स्थापित गर्न खोजेको थियो । तर हामीले संसदलाई जोगाएका छौं, संविधानको रक्षा गरेका छौं । बडो जायज काम गरेका छौं ।’

आफुसंग जोडिएका २३ जना (देउवालाई मत दिने २२ सांसद र समर्थन गर्ने झलनाथ खनाल)लाई र ११ जना, जसले विपक्षमा भोट हालेका थिएनन् उनलाईपनि सलाम भनदै प्रशंसा गरे ।

उनले आफु सधै एकताको पक्षमा रहेको र एकतामा असर पुग्ला भनेर आफूले बिहीबारका २ कार्यक्रममा ख्याल गरेर बोलेको बताए । भक्तपुरमा पिपुल्स भोलिन्टियर गठन गर्दा आफूले कार्यकर्तालाई ‘बाँदर’ बनेर नहिँड्न निर्देशन दिएको पनि बताए ।

उनले कोटेश्वरमा आफ्नो निवास अगाडि राती मोटरसाइकलमा पन्ध्र बीस जना बसेर तर्साउन खोजेको समेत खुलासा गरेका छन् । आफू त्यस्तो प्रवृतिबाट नतर्सिने उनले बताए ।

नेता नेपालले कम्युनिष्ट आन्दोलन संकटमा परेको बताउँदै चुनौतीको सामना गर्दै अघि बढ्ने बताए ।

उनले आफूपनि पुष्पलालको विचारधाराबाट राजनीतिमा आएको उल्लेख गर्दै आफू बदलिए मात्रै समाजलाई बदल्न सक्ने उल्लेख गरे । उनले संसारमा कुनैपनि व्यवस्था सक्षम र प्रभावकारी नभएको बताउँदै मैदान छोडेर समस्याको समाधान नभएको बताए ।

उनले धर्मेन्द्र बास्तोलामा अझै युद्धको धंगधनी रहेको बताउँदै समस्यामा रहेका जनतालाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । क्रान्तिकारी भाषणले मात्र जनताको मन जित्न नसकिने बताउँदै भने, ‘कुराले च्युरा भिज्दैन, च्युरा भिजाउन कि दही कि दुध चाहिन्छ । पार्टीमा वैचारिक समस्या के छन्, नेपालको समाज परिवर्तन गर्न के समस्या छन्, यसको समाधान खोजेर अघि बढ्नुपर्छ ।’

नेता नेपालले अरु देशमा कम्युनिष्ट पार्टी हराएर गएपनि नेपालमा जनताले कम्युनिष्टलाई माया गरेको बताउँदै कम्युनिष्ट आन्दोलन जोगाइराख्नु चुनौती र चिन्ताको विषय भएको बताए ।