काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । भेटवार्तामा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएइको छ।
दुबै नेताबीचको भेटवार्तामा थापाले सरकारसंग भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताएका हुन्।
‘विप्लव’सहित उक्त पार्टीका नेता र राप्रपाका नेताबीच थापा निवास बुढानिलकण्ठमा भेटघाट भयो। दुवै पक्षका बीच समसामयिक विषयमा विचार विमर्श भयो,’ थापाले भनेका छन्, ‘विप्लव नेतृत्वको नेकपासँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा छ।’
पूर्ववर्ती सरकारले गत फागुन २० गते तत्कालीन अवस्थामा प्रतिबन्धित नेकपासँग प्रतिवन्ध फुकुवा, नेता कार्यकर्ता रिहाइ र मुद्दा खारेज गर्ने सहमति गरेको थियो। २१ गते फागुनमा विशेष समारोह गरेर सहमति सार्वजनिक गरिएको थियो। उक्त समारोहलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गरेका थिए।
तर चार महिना बितिसक्दा पनि सहमति अनुसार प्रतिबन्ध फुकुवाबाहेक बन्दी रिहाइ र मुद्दा फिर्ताबारे काम हुन सकेको छैन। नेकपाका १ सय भन्दा बढी नेताकार्यकर्ताहरु अहिलेपनि विभिन्न मुद्दामा कारागारमा छन्।
विप्लवले साउन ६ गते प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर तीन बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री देउवाले पूर्ववर्ती सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गरिने आश्वासन दिएका थिए।











प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…