ताजा अपडेट
समाचार

बालकोट पुगेर ओलीले भनेः माधव नेपाललाई पार्टीमा ठाउँ छैन

बालकोट पुगेर ओलीले भनेः माधव नेपाललाई पार्टीमा ठाउँ छैन

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई एमाले पार्टीमा कुनै ठाउँ नहुने बताएका छन् ।

सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आक्रोशित हुदै यस्तो बताएका हुन्। नेपालका पछाडि लाग्ेका केही व्यक्तिहरूले कमीकमीजोरी महशुस गरेर काम गर्न चाहेमा मात्रै पार्टी ठाउँ दिने बताए ।

उनले भने, ‘कमीकमजोरी स्वीकार्ने अन्यका हकमा पार्टीमा काम गर्न चाहनेलाई मौका दिन्छौं। तर, माधव नेपालको हकमा गल्तीकमजोरी महशुस गरेपनि पार्टीमा स्वीकार्ने ठाउँ छैन।’

उनले नेपाललाई पटक पटक लाजसरम हराएका व्यक्तिको संज्ञा दिदै आएका छन् । जुन कुरा आजपनि दोहराएका छन् । उनले नेपाललाई विश्वासघाती भनेर चित्रण गरेका छन्। उनले भने, ‘माधव नेपाल जस्ता लाज सरम हराएका मान्छेहरु, विश्वासघाती तत्वहरुलाई स्वीकार्न सकिँदैन।’

आफ्नो विकासप्रेमी सरकार ढाल्ने कार्यको अगुवाइ नेपालले गरेको ओलीको आरोप छ। मंगलबार शपथ ग्रहणमा पनि नेपाल देउवा भन्दा अगाडि पुगेको उनको भनाइ छ।

ओलीले यसरी बोलिरहँदा कार्यकर्ताले ‘माकुने चोर, देश छोड’ भन्दै नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…