Bagmati Samachar Logo

एमाले एकता हुन नदिन दबाब र धम्कीयुक्त फोन आएःभीम रावल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा विवाद समाधान कार्यदलका संयोजक भीम रावलले एमालेको एकता हुन नदिन आफूलाई पटक पटक फोनबाट दबाब र धम्की आएको बताएका छन्।

उनले एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरूबाट दबाब र धम्कीयुक्त फोन आएको रावलले बताएका छन्। तर, कसले त्यसो दबाब र धम्की दिएको भन्ने बारेचाहिँ रावलले स्पष्ट खुलाएका छैनन्।

उनले होटल मेरियटमा भारतीय जासुसी संस्था ‘र’का प्रतितिनिधि नभेटेको बताएका छन् । आफू एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा नेता रघुजी पन्तसँग छलफल गरेर र नेपालको अनुमति लिए बालुवाटार प्रधानमन्त्री केपी ओलीलाई भेट्न गएका बताएका छन् ।

असार २३ गते ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्ताका दिनमात्र अन्य पाँचजना नेताहरुसँगै होटल मेरियट गएको र अन्य कुनै दिन त्यहाँ नगएको बताएका छन्।

ुउनले बुधबार एक विज्ञप्ती जारी गदै भनेका छन् ‘पद र प्रतिष्ठाको लागि वाह्य शक्तिका सामु घुँडा टेक्दै देशलाई संकटतर्फ धकेल्नेहरुले नै मेरो विरुद्ध उक्त प्रकारको झुठो प्रचार घृणित तहमा झरेर गरेका हुन्। यस्तो कुप्रचारको भ्रममा नपर्न म सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु । नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र समृद्धिको लागि मैले उठाएको देशभक्ति र स्वाभिमानको झण्डा कदापी झक्ने छैन। देशघाती र जनघातीहरुको कुप्रचारवाट म रत्तिभर विचलित हुनेछैन।’

रावललाई फोनमा दबाब र धक्की कुन नेताले दिए भनेर भने खुलाएका छैनन् ।