प्रधानमन्त्रीबाट बाहिरिनु परेपछि सर्वोच्चमाथि खनिए ओली , रेफ्रीलेको मिलोमतोमा गोल गराइयो
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसला प्रति आक्रोश पोखेका छन् । प्रधानमन्त्रीको रूपमा अन्तिम सम्बोधन गर्दै उनले सर्वोच्चको फैसला त्रुटीपूर्ण भएका बताए ।
ओलीले आफ्नो सम्बोधनमा भने, ‘फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तत तुल्याएको छ । यो फैसलाको समयले अग्निपरीक्षा लिनेछ ।’
एउटै दलका सांसद सत्ता र प्रतिपक्ष कहि पनि हुदैन । यो कुरा लोकतान्त्रिक प्रणालीमा कल्पना गर्न सकिदैन। संविधानको यस्तो अपव्याख्याले पछि फर्किने गरी संविधानको संशोधन गर्ने काम गरेको छ । यसले सिर्जना गर्ने राजनीतिक विकृतिहरूको मूल्य भविष्यले चुकाउनुपर्ने हुन्छ ओलीले तर्क गरे । उनले भने ‘अदालतको फैसला हाम्रो विरूद्ध छ । तर त्यो मानेर अगाडि बढ्छौ ।’
राजनीतिक मुद्दामा अदालतको अधिकतम संयमको अपेक्षा गरिन्छ तर नेपालमा प्रत्येक राजनीतिक मुद्दामा हात हालेर अत्यधिक न्यायिक सक्रियता देखाएको आरोप लगाए ।
ओलीले अदालत प्रति आक्रोश पोख्दै भने ‘रेफ्री स्वयम्ले गोल गर्ने र खास पक्षलाई जिताउने इच्छा भयो भने जोखिम हुन्छ । त्यो मात्रै नभएर अहिले त अदालतबाट आउने सम्भावित फैसला एक हप्ताअघि नै खास व्यक्ति र समूहलाई आइसक्ने अवस्था पनि देखियो ।’
अदालतले मागदाबी भन्दा बाहिर गएर फैसला गर्न थालेको आरोप लगाए । उनले भने ‘नेकपा विभाजन गराइयो । के गल्ती भएको थियो ।’
प्रतिक्रिया दिनुहोस्: