काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान लोकतान्त्रको रक्षाका लागि लडाई थियो, त्यो अध्याय सकिएको बताएका छन् । नेता नेपालले सोमबार बसेको पाँच दलको गठबन्धनको बैठकमा एमालेभित्रको परिस्थीति परिवर्तन भएको बताएका छन् ।
उनले भनेका छन् ‘पार्टी एकतालाई अघि बढाउनुछ । मलाई बुझिदिनुहोला, शेर बहादुर जि ले सवैलाई समेट्नुस् , एकलौटी ढंगले नचल्नुहोस् , सवैलाइ साथमा लिएर अघि बढ्नुहोस् । एकलौटी ढंगबाट चल्ने कुराको विरोधमा छु ।’
नेपालले अब बन्ने सरकारले सबैलाई साथमा लिएर चल्न सुझाव दिएको बताइएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि बसेको कांग्रेससहितको गठबन्धनमा नेता नेपालले आफू केही समय पार्टी एकतामा क्रियाशील हुने बताएका छन् ।
‘
यद्यपि नेता नेपालले आफू कांग्रेससहितको गठबन्धनमै रहने स्पष्ट पारेका छन्।
‘अब म गठबन्धनमा रहेपनि पार्टीभित्र अप्ठेरो नपर्ने र एकता प्रक्रियामा समस्या नपर्ने गरी रहनेछु,’ नेता नेपालले भने।
नेता नेपालले एकता प्रक्रियाको कोसिस भइरहेको जानकारी पनि गराएका थिए। संगठनका केही अप्ठेरा मिलाएर जानुपर्ने उनले बताएका थिए।











प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…