Bagmati Samachar Logo

सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको रक्षाः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका हुन । देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश जारी गरेकोमा पनि स्वागत गरेका छन्।

उनले सामाजि सञ्जालमा लेखेका छन् ‘यसको हामी स्वागत गर्दछौं प्रतिगमनको विरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु ,नागरिक आन्दोलन र आम जनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’