एमाले कार्यदलले तयार पारेको मस्यौदा नै समस्यामा
काठमाडौं । नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको मस्यौदा नै समस्यामा परेको छ । तीन दिन देखि खुशिको खबर दिने भन्दै आएका कार्यदलका सदस्यहरू अहिले आफैले तयार पारेको ९ बुँदे मस्यौदाका कारण समस्यामा परेको बुझिएको छ ।
पछिल्लो समयमा सहमति अन्तिममा पुगेको बताउदै आएका र छिटै सार्वजनिक गर्ने भनि भाका सारिरहने कार्यदलका नेताहरू अहिले पनि सिंहदरबारमा छलफलमा छन्। तर अहिलेसम्म सहमति हुन सकेको छैन ।
कार्यदलले ‘सहमतिका लागि ९ वटा बुँदा’ तयार पारेको बताइएको छ। त्यहि ९ बुँदे सहमतिको मस्यौदाका कारण ओली र नेपाल पक्ष असन्तुष्ट रहेका जनाइएको छ । सहमतिको मस्यौदाको एक बुँदामा घुमाउरो भाषामा पावर शेयरीङको कुरा राखेपछि ओली पक्ष पनि असन्तुष्ट र नेपाल पनि असन्तुष्ट रहेको बताइएको छ । उक्त बुँदामा पार्टी र सरकारको काम दुबैको सहमतिमा गर्ने अझ पार्टीको अनुमतिमा गर्ने भनिएपछि दुबै पक्ष सहमत नभएको जनाइएको छ । महाधिवेशन नगरी नेपाललाई अधिकार दिने पक्षमा ओली नभएको र ओलीको स्वच्छाचारीतामा यो बुँदाले केहि पनि काम नगर्ने नेपालको बुझाइ रहेको बुझिएको छ ।
नेपाल पक्षका कार्यदलमा रहेका सदस्यमा तीन जना उक्त बुँदामा सहमत भएपनि दुई जना सहमत नरहेको बुझिएको छ । नेपाल र उनी पक्ष अन्य नेताहरूले नेपालको भूमिका किटानी साथ लेख्नु पर्ने बताएका छन् । कार्यदल बाहिर रहेका नेताहरूले नेपालको भूमिका के हुने भन्ने स्पष्ट उल्लेख गर्नुपर्ने बताए।
उता ओलीले आफ्नो स्वविवेकीय अधिकारमा अंकुश लगाउने काम भएको बुझाइ रहेको बुझेका छन् ।
एकातिर नेपाल आफ्नो भूमिका के हुने प्रष्ट लेख्नुपर्ने चाहन्छन् भने अर्कोतिर ओली नेपाललाई कुनै स्पष्ट भूमिका दिन चाहँदैनन्। नेपाललाई भूमिका दिँदा आफ्नो काममा अवरोध हुने उनको आकलन छ। दुई शीर्ष नेताहरुको पछिल्लो ‘प्रतिक्रिया’ले कार्यदललाई सहमति जुटाउन सकस परिरहेको छ।
प्रतिक्रिया दिनुहोस्: