Bagmati Samachar Logo

देउवाको पक्षमा हस्ताक्षर गरेका नेपाल पक्षका सांसदले हस्ताक्षर फिर्ता नलिने

काठमाडौं । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रयाग भएका एमालेका २३ जना सांसदले जुनसुकै अवस्थामा पनि हस्ताक्षार फिर्ता नलिने अडान लिएका छन् । शुक्रबार आफु पक्षीय केन्द्रीय कमिटीको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए ।

ओलीले पार्टी एकताकोलागि जसरी पनि हस्ताक्षर फिर्ता लिनु पर्ने बताएका छन् । ओलीको निर्देशन दिएको दोस्रो दिन माधवकुमार नेपालले हस्ताक्षर गर्ने सांसदसंग भर्चुअल बैठकमार्फत छलफल गरेका छन् ।

शनिबार दोस्रो तहका नेताहरु पार्टी एकताको लागि सहमतिको मस्यौदा बनाउन वार्तामा बसेका थिए । तर केहि उपलब्धि हुन सकेन । यता नेपालले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल गरेका छन् । छलफलमा कुनैपनि अवस्थामा हस्ताक्षर फिर्ता नलिने निकस्र्ष निकालेको सहभागी नेताले बताए । ती नेताले भने ‘एमालेकोा पार्टी एकता र देउवालाई प्रधानमन्त्री बनाउने कुरा र संसद विघटनका विपक्षमा हस्ताक्षर गर्ने कुरा फरक हो । ओलीलाई हाम्रा हस्ताक्षर किन चाहियो । उनलाई त न संसद चाहिएको छ । नत सांसद नै अनि हामी किन चाहियौ ।’

माधव नेपाल पक्षका २३ जना विघटित प्रतिनधिसभाका सदस्यहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।