Bagmati Samachar Logo

एमाले विवाद: ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठक खनाल–नेपाल पक्षले बहिस्कार गर्ने

काठमाडौं । नेकपा (एमाले) ले १८ गते शुक्रबार बोलाएको बोलाएको केन्द्रीय कमिटी बैठकमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले नजाने निर्णय गरेको छ।

बिहीबार बुद्धनगरस्थित क्वालिटी ब्याङ्वेटमा बसेको खनाल–नेपाल पक्षीय स्थायी कमिटी बैठकले ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको योगेश भट्टराईले जानकारी दिए ।

खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठकले सहमति बिना बोलाइएको बैठकमा जानु कुनै औचित्य नभएको निश्कर्ष भट्टराईले बताए ।
अवैधानिक कमिटीले बैठक बोलाउनु आफैंमा अवैधानिक काम हो। त्यसैले यस्ता बैठकमा सहभागी नहुने उनले बताए ।

अवैधानिक कमिटीको निर्णयका आधारमा बैठक बोलाएर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको सन्देश दिन नचाहेको निस्कर्ष बैठकले निकालेको उनले बताए ।

पार्टीलाई जेठ २ को संरचनामा फर्काउनका लागि दुवै पक्षका बिचमा वार्ता र छलफल भएर सहमति हुनुपर्ने र सहमतिमा नै पहिला एजेण्डा तय हुनुपर्ने खनाल–नेपाल पक्षको माग रहेको छ। तर ओलीले एकतर्फी रुपमा एजेण्डा तय गरेर बैठक बोलाउनु गलत रहेको बताइएको छ ।

बुधबार प्रधानमन्त्री ओलीले दसौं महाधिवेशन आयोजक कमिटी विघटन गरेर त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको घोषणा गरेका थिए। ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

२०७५ जेठ २ गते अघिको संगठनात्मक संरचनामा पार्टीलाई लैजानुको साटो महाधिवशेन आयोजक कमिटीलाई केन्द्रीय कमिटी मात्रै बनाइएको उनीहरुको भनाई छ।