ताजा अपडेट
राजनीति

अदालतको फैसलाले राजनीतिकलाई जटिलतातर्फ लैजान्छः प्रदीप ज्ञवाली

अदालतको फैसलाले राजनीतिकलाई जटिलतातर्फ लैजान्छः प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेले मंगलबार सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले राजनीतिकलाई थप जटिल बनाएको बताएको छ ।

एमालेका ओली पक्षका प्रक्ता प्रदिप ज्ञवालीले सर्वोच्चको फैसलाले राजनीतिकलाई जटिल मोडतर्फ धकेलेको बताए ।

संसद विघटन पछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २७ मा मन्त्रिपरिषद पुनर्गठन गरेका थिए। उक्त मन्त्रीपरिषद पुनर्गठन विरुद्ध सर्वोच्चमा मुद्दा दायर भएको थियो । आज सर्वोच्चले २० मन्त्रीलाई पदमुक्त गरेक छ ।

प्रवक्ता ज्ञवालीले अदालतको फैसला सोच्न नसक्नेगरी अप्रत्यासित रहेको बताएका छन् । उनले भने ‘अदालतको फैसला अप्रत्यासित छ, यसले राजनीतिक जटिलतातर्फ लैजान्छ ।’

प्रधानमन्त्री ओलीले पछिल्लोसमय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चले आज अन्तरिम आदेश दिएसँगै ओली नेतृत्वको सरकार पाँच मन्त्रीमा सीमित भएको छ।

अधिवक्ता दिनेश त्रिपाठीले उक्त मन्त्रिपरिषद् बिस्तार असंवैधानिक भन्दै सर्वोच्चमा रिट दिएका थिए। उक्त रिटको सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले पछिल्लो समय नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…