Bagmati Samachar Logo

सर्वोच्चले ओलीको भ्याकेट निवेदनमा भन्यो– प्रदेश सांसद्हरूलाई यथाशीघ्र झिकाउनु

काठमाडौं । एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले दायर गरेको भ्याकेट निवेदनमा रिट निवेदकलाई जानकारी दिने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि फुयाल संयुक्त इजलासले यसअघिका रिट निवेदक प्रकाश ज्वालासहितका प्रदेश सांसद्लाई पनि भ्याकेट निवेदनबारे जानकारी दिने आदेश दिएको हो ।

‘विपक्षीहरूलाई यथाशीघ्र झिकाइ नियमानुसार पेस गर्नु’ भन्ने आदेश भएको छ । सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने आदेश दिएपछि त्यसविरुद्ध भ्याकेट निवेदन लिएर ओली सर्वोच्च पुगेका थिए । सो समितिबाट कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै ओलीले प्रदेश सांसद्हरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई पार्टी सदस्य र सांसद् दुवैबाट निष्कासित भएका थिए ।