काठमाडौं । नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल पक्षका १७ वटा भ्रातृ संगठनहरूले अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीलाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले एकता गरेर अगाडि बढ्नु पर्ने बताएका छन् । बुधबार भर्चुअल बैठक बसेर १७ वटा भातृसंगठनले उक्त निर्णय गरेको थियो ।
बीहीबार १७ वटा भातृसंगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू अहिले पनि एकतावद्ध एमालेकै पक्षमा रहेको बताएका छन् । विज्ञप्तीमा भनेको छ ‘हामी चाहन्छौं, आम नेता तथा कार्यकर्ता चाहन्छन्, एकताबद्ध नेकपा (एमाले)कै नेतृत्वमा कम्युनिष्ट आन्दोलन सृदृढ बनोस ।’ हामी चहान्छौं, नेकपा (एमाले) कै नेतृत्वमा नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा होस । यसको निम्ती पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीयतहसम्म क्रियाशील बनाइयोस । यदि त्यसो नगरिए पार्टी र आन्दोलन विर्सजनको बाटोमा जान सक्छ ।’
तर, अध्यक्ष केपी शर्मा ओलीले असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संबिधान गुम्नेखतरा पैदा भएको छ भने पार्टी विधान विपरीतका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलन संकटमा परेको विज्ञप्तीमा बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ ‘ओलीले एमालेलाई २०७५ साल २ जेठमा नर्फकाए जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिकोनयाँ झन्डा उठाउनुपर्नेछ । इतिहासको यो आदेश र आबश्यकता निम्ती नयाँ प्रतिबद्धता र दृढताकोसाथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौं ।’
विज्ञप्तिमा माधव पक्षीय किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटा,महिला संघकी अध्यक्ष जयन्ती राई, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, युवा संघका नरेश शाही,प्रेस चौतारीका विश्वमणी सुवेदी लगायतले हस्ताक्षर गरेका छन् ।











प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…