बालुवाटारमा प्रधानमन्त्री र महन्थ राजेन्द्र पक्षबीच वार्ता, सरकारमा जाने तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतोबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गर्न जसपा नेताहरु बालुवाटार गएको बताइएको छ।
ठाकुर महतो निकट एक कार्यकारिणी सदस्यका अनुसार सरकारमा सहभागी हुने तयारी भएको छ ,त्यसैकोलागि छलफल गर्न दुबै नेता बालुवाटार जानु भएका हो ।
ुजसपाले सरकारमा सहभागी हुन आठ मन्त्रीसहित २ राज्यमन्त्री मागेको बुझिएको छ । जसमा कुरा मिलेको ती जसपा स्रोत बताउछ । ती सदस्यले भने ‘सरकारमा सहभागी हुने कुरा मिलि सकेको छ । अन्तिपटक प्रधानमन्त्रीसंग छलफल गरेर भोलीसम्म जसपा ८ मन्त्री र २ राज्यमन्त्री सहित सरकारमा सहभागी हुन्छ ।’
सांसद नरहेका व्यक्ति मन्त्री बनाउन नहुने सर्वोच्च आदेशपछि सात मन्त्रालय र रक्षा मन्त्रालय खाली छन्।
जसपामा प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिनेमा ठाकुर र महतो पक्ष छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गरेर जानु पर्छ भन्नेमा डा.बाबुराम भट्राई र उपेन्द्र यादव पक्ष रहेका छन्।
विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई र अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर पक्षलाई पार्टीबाटै निस्कासनसम्मको कारबाही गर्ने चेतावनी दिदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्: