Bagmati Samachar Logo

कोरोना स्वास्थ्य बजेटःखोप सबैलाई निःशुल्क उपलब्ध गराउने

काठमाडौ. । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँडै निःशुल्क खोप उपलब्ध गराउने बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले खोपका लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन गरिएको जानकारी दिए ।

जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गर्नुभएको छ । उहाले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। यस्तै, स्वास्थ्य बिमालाई आगामी आर्थिक वर्षसम्म सबै स्थानीय तहमा पु¥याउँदै ५० प्रतिशत नागरिकमा बिमाको पहुँच पु¥याउने लक्ष्य लिइएको छ ।

स्वास्थ्य बिमाको लागि सरकारले ७ अर्ब ५० करोड बजेट विनियोजन गरेको मन्त्री पौडेलले बताउनुभयो । अक्सिजनको अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार र मुल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिएको उहाले जानकारी दिए। सामुदायिक तथा निजी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान समेत दिने पनि उहाले बताउनुभयो । महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरिएको अर्थमन्त्राले बताए।

त्यस्तै औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन समेत गरिने अर्थमन्त्रीले बताउनु भयो ।