एमाले विवादः सुरेन्द्र पाण्डे र घनश्याम भुसाल लगायत १२ जना सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली पक्षले थप १२ जना नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्न दायर गरेको रिटमा हस्ताक्षर गरेका १२ सांसदलाई स्पष्टीकरण सोधेको हो।
स्पष्टीकरया सोधीएका नेत सुरेन्द्र पाण्डे र घनश्याम भुसालसहित १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सोमबार स्पष्टीकरण सोधिएका नेताहरूमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।
सोमबारकै स्थायी कमिटीको बैठकले वरिष्ठ झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई पार्टी सदस्यबाटै हटाएको छ।
बैठकमा सुदूरपश्चिम प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ता गदै मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको एक स्थायी कमिटी सदस्यले बताए ।
प्रतिक्रिया दिनुहोस्: