सर्वोच्च अदालतमा रिट दायर गर्न विपक्षी गठबन्धनका सांसद सिंहदरबारमा हस्ताक्षर गदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राती गरेको संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नकोलागि विपक्षी गठबन्धन काँग्रेस, माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरु हस्ताक्षर र नागरिकता संकलन गरी रहेका छन्।
विपक्षी गठबन्धन दलहरुले सिंहदरबारमा रहेका आआफ्ना संसदीय दलको कार्यलयमा हस्ताक्षर र नागरिकता संकलन गरीरहेका छन् । यस्तै माधव नेपाल पक्ष पनि सोही प्रयोगमा जुटिरहेका छन् ।
विपक्षी गठबन्धनले सर्वोच्चमा दायर गर्न रिट तयारी हुँदैछ गरेको माओवादी केन्द्रका प्रवक्ता नारयणकाजी श्रेष्ठले बताए । उनल भने ‘प्रधानमन्त्रीले विस्वासको मत नलिएको र राजीनामा दिने प्रक्रिया नै पुरा नगरेकोले संसद बिघटन असंवैधानिक हो । त्यहि असंवैधानिक कदमका विरुद्ध सर्वोच्चमा रिट दायर गर्न लागेका हौं ।’
हस्ताक्षर संकलन पछि विघटित प्रतिनिधिसभाका विपक्षी गठबन्धनका सांसदहरु सर्वोच्च अदालत जाने छन् । शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै १ सय ४९ जना सांसदले हस्ताक्षर गरेर राष्ट्रपति कार्यलयमा दर्ता गरेपनि उक्त दाबीलाई राष्ट्रपतिले मान्यता नदिएपछि त्यहि दिन प्रधानमन्त्री र राष्ट्रपतिले मध्य रातमा संसद विघटन गरेका थिए । नारायणकाजी– रिट तयारी हुँदैछ , प्रधानमन्त्रीले विस्वासको मत नलिएको र राजीनामा दिने प्रक्रिया नै पुरा नगरेकोले संसद बिघटन अवंधानिक
प्रतिक्रिया दिनुहोस्: