काठमाडौंमा बिहीबारबाट के गर्न पाइने , के नपाइने जिल्ला प्रशासनले जारी गर्यो यस्तो आदेश (पूर्ण पाठ)
काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहान ६ बजेबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेका छन्।
सोमबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि उपत्यकामा एक हप्ताकालागि कडाइ गर्ने निर्णय भएको आादेश जारी गरेको छ। यो आदेश वैसाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म लागु हुने जनाइएको छ।
प्रशासनको आदेशअनुसार सम्पूर्ण सभा सम्मेलन रोकिएको छ। सार्वजनिक एवं निजी सवारी साधान सञ्चालनमा रोक लगाइएको छ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधान, बिरामी तथा कुरुवा बढीमा दुईजना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गरेका सवारी साधानबाहेक अन्य सवारी साधन काठमाडौंमा प्रवेश गर्न रोक लगाइएको छ।
प्रतिक्रिया दिनुहोस्: