Bagmati Samachar Logo

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन भोलिदेखि सुरूहुँदै

काठमाडौं । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन भोलि सोमबार देखि सुरु हुँदैछ । प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गतेबाट लागुहुनेगरी संसद अधिवेशन अन्त्यको सिफारिस गरेका थिए।

चालु संसद अन्त्य भएपछि कांग्रेस, माओवादी र जसपासहितले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष समावेदन दर्ता गरेका थिए । सोमबार २ बजेदेखि सुरु हुने प्रदेशसभाको विशेष अधिवेशनको सुरुमै मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेलुल प्रदेश सभा सदस्य दीपक कोइरालाले जानकारी दिए।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने निर्णय गरेको कोइरालाले बताए ।

अविश्वासको प्रस्ताव टेवुल भएपछि सबै दलका नेताहरुले बोल्ने र दोस्रो दिन मुख्यमन्त्रीले जवाफ दिने छन्। सम्भव भए मंगलबार नै अविश्वास प्रस्तावमा मतदान हुने कोइरालाले बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी (जसपा) सहितका दलले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेललाई प्रस्ताव गरिएको छ। राष्ट्रिय जनमोर्चाले हस्ताक्षर नगरेपनि प्रस्तावको समर्थन गरेको छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रस्तावको पक्षमा बहुमत पुर्‍याउन ३१ मत ल्याउनु पर्छ। जुन मत प्रतिपक्षसंग रहेको बताइएको छ । माओवादी केन्द्रका दुई जना मन्त्रले पहिला नै राजीनामा दिइ सकेका छन् । माओवादीले समर्थन फिर्ता लिएपछि गुरुङको सरकार अल्पमतमा परेको छ ।