राष्ट्रियसभाको उपनिर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
हेटौंडा । राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि मिति तोकिएसंगै निर्वाचन आयोगले वागमति प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
आयोगले वागमति प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य पदको लागि ६ जेठमा निर्वाचनको मिति घोषणा गरेको छ । उक्त पदमा यो भन्दा पहिला माओवादी केन्द्रको तर्फबाट रामबहादुर थापा थिए । उनी एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनलाई कारवाहि गरेको छ । कारवाहि पछि उक्त रिक्त पदकोलागि निर्वाचन हुन थालेको हो ।
आयोगले वागमति प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । त्यस दिन बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।
आयोगले निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा २ (दुई) जना (१ जना जगेडा समेत) जिल्ला न्यायाधीशको नामावली माग गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: