ओली गुटको कारिबाही स्टेपः नेपाल र रावलपछि पाण्डे र भुसाल भए पार्टीबाट आउट (पत्रसहित)
काठमाडौं । एमाले ओली गुटले नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाकोलागि निकालेको छ ।
भुसाल र पाण्डेले दिएको दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको गरेको छ । एमालेको ओली गुटको केन्द्रीय कमिटीले चार नेतालाई स्पष्टीकरण सोधेको थियो ।
पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले कुनै जवाफ नदिएपछि उनीहरुलाई दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको भन्दै कारबाही गरेको पत्र उनीहरुलाई पठाएको छ ।
अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् । नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
तपाई, घनश्याम भुसाललाई मिति २०७७।१२।०८ मा पार्टीको तर्फबाट ३ (तीन) दिन भित्र स्पष्टीकरण माग गरिएकोमा तोकिएको समयमा स्पष्टीकरण पेश हुन नआएकोले मिति २०७७। १२ । १६ मा ताकेता गरिएकोमा तपाईले मिति २०७७।१२ १७ मा पार्टीमा पेश गर्नु भएको स्पष्टीकरणको जवाफमा देखव बमोजिम देखियो
१. तपाईले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने पार्टी भित्रको सहकार्य र सद्भावना क्षरतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने, उक्त कार्यलाई स्पष्टीकरणको जवाफ दिएको देखियो ।
२. स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुलको स्थिकारोक्ती नगरेको, कुनै आत्मसमिक्षा नगिरएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रीत र स्वार्थि प्रवृत्ति प्रष्ट रुपमा देखियो । आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तो सुकै क्षति पुर्याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा प्रष्ट भएको ।
३. आपराधिक कृयाकलापहरु स्विकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतीको लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक कियाकलापहरु प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भिरताका साथ लिनुको साटो तपाईले उल्टे स्पष्टिकरण सोपने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको देखियो।
४.तपाईले अहिले पनि पार्टी विरोधी फाटोबादी रगुटगत कियाकलापहरु नेकपा एमालेकै
नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिईरहने तर्फ अग्रसरता देखिएको, पार्टीकै लागि काम लोन भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनासायीका रुपयोग गर्ने सम्भावना देखिएको ।
५.यस्तै गतिविधिहरु कामय रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्न पर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु (प्रतिनिधि सभा सदस्य पद बाहेक ) तथा पार्टी सदस्यताबाट पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९(ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ ।
तपाईलाई सच्चिनको लागि यो अन्तिम मौका हो । आफ्ना विचार र किरियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बिचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिईएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ ।
प्रतिक्रिया दिनुहोस्: