माधव नेपाल पक्षका ११ नेताको संयुक्त वक्तव्य– ओलीको एकपछि अर्को निरंकुश र स्वच्छाचारी कदम
काठमाडौं । नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राज्यसत्ताको दुरुपयोग गरेर एकपछि अर्को निरंकुश र स्वच्छाचारी काम गरेको आरोप लगाएको छ ।
हिजोमात्र ओलीले नेपाल र भिम रावललाई ६ महिनाकोलागि पार्टीबाट कारबाहि गरेको थियो । आज अन्र्तरपार्टी निर्देशिका जारी गरेर नेपाल पक्षका सबै नेताहरुको जिम्मेवारी खोसेका छन् । ओलीका यी २४ घण्टाका दुई कदम पछि नेपाल खनाल पक्षका स्थायी कमिटीको बैठक बसेर संयुक्त बक्तव्य निकालेका छन् ।
व्यक्तमा भनेका छन्, ‘प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा (एमाले) विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण कामहरु भइरहेका छन्।’
ओलीले सरकार संचालन गर्दा पनि भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । उनले विज्ञप्तीमा भनेका छन् ‘पद र शक्ति आर्जन भएपछि जनताको हितमा आघात पु¥याए । राष्ट्रिय स्वाधिनता , स्वतन्त्रता,अखण्डता र स्वाभिमानमाथि आँच पुगाए । भ्रष्टाचार मौलायो । देश र जनताप्रतिको उत्तरदायीत्व र शुसासनका सबै मान्यता भत्किए ।’
२३ गते फागुनको सर्वोच्चको फैसला पछि एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् । ओली अहिले नेपाल खनाल पक्षका नेताहरुलाई कारवाहि गदै पार्टी एकलौटी रुपमा संचालन गरीरहेका छन् ।
वक्तव्य जारी गर्नेहरुमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्यद्वय मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डे छन्।
प्रतिक्रिया दिनुहोस्: