पछिल्ला निर्णय फिर्ता लिन्नँः ओली, खनाल भन्छन्ः फिर्ता लिनैपर्छ
काठमाडौं । एमालेको आज बसेको संसदिय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला निर्णय फिर्ता नलिने अडान दोहराएका छन् । आजको संसदीय दलको बैठकमा ओलीले गत फागुन २८ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय र चैत ५ र ७ गतेको संसदीय दलको बैठकमा निर्णयहरुबाट ब्याक हुन नसक्ने बताएको नेता नारदमुनि रानाले बताए ।
केपि ओलिले माधवकुमार नेपाल र नेता भीम रावलको स्पष्टीकरण नकारात्मक भएको समेत टिप्पणी गरेका छन् । ओलीले स्पष्टीकरण दिने नेताहरु कारबाहीको भागीदार रहेको बताएका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए ।
एमाले संसदीय दलको बैठक बहिष्कर गर्ने बताएका नेपाल खनाल पक्षका नेताहरु पनि बैकमा सहभागि भएका छन् । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले दलको बैठकमा बोल्दै २८ गते फागुन लगायतका निर्णय ओलीले फिर्ता लिनु पर्ने बताए ।
पार्टीलाई कसरी अघि बढाउने जिम्मा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीमा रहेको बताएका छन् । आज बसेको संसदीय दलको बैठकमा उनले पार्टी एकताबद् बनाएर लाने कि कसरी लैजाने भन्ने ओलीको हातमा रहेको बताएका हुन् । उनले बैठकमा पछिल्ला निर्णय खारेज गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने र २०७५ जेठ २ गतेको अवस्थामा फर्किए पार्टी एक हुने बताएका थिए ।
उनले जेठ २ नै प्रस्थानविन्दु रहेको बताएको रानाले बताए । बैठकमा घनश्यम भुसालले मिलेर जानू पर्ने बताए । एकले अकोलाई खुईलाएर कहि नपुगिने बताएका एक सांसदले बताए । संसदीय दलको बैठकमा योगेश भट्टराई पनि बोलेका थिय । दलको बैठकमा ओली पक्षबाट ओली मात्र बोलेका थिय भने खनाल नेपनल पक्षबाट नेता खनाल, घनश्याम भुसाल र भट्टराई बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस्: