ओलीले बोलाए संसदीय दलको बैठक, माधव नेपाल पक्षको सहभागिता अन्यौल
काठमाडौं । ओलीले बोलाए संसदीय दलको बैठक, माधव नेपाल पक्षको सहभागिता अन्यौल काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।
प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदहरू संग छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सवोच्च अदालतको फैसला पछि पुनःस्थापित एमालेको संसदी दलको बैठक ओलीले तीनपटक बोलाए ।
ओली पक्षका सबै सांसदहरु दलको बैठकमा सहभागी भएपनि माधवकुरा नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु भने दलकौ बैठका उपस्थित भएका छैनन् । चैत ७ गतेको दलको बैठक चलिरहेका बेला माधव नेपाल पक्षले बैठकमा आउन नसक्नुको लिखित कारण पठाएको थियो ।
शुक्रबारको दलको बैठकमा सहभागी हुने कि नहुने भन्नेबारेमा नेताहरूबीच छलफल हुन बाँकी रहेको नेपाल पक्षका एक सांसदले बताए। प्रतिनिधिसभामा १२० एमाले सांसदमध्ये नेपाल पक्ष अल्पमतमा छ । भोली शुक्रबार माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्: