Bagmati Samachar Logo

ओली पक्षले माधव नेपालसहितलाई पठायो स्पष्टीकरण पत्र

काठमाडौं । एमाले ओली पक्षले माधवकुमार नेपालसहितका चारजना नेतालाई स्पष्टीकरणका लागि पत्र पठाएको छ ।

शनिबार बसेको ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । आज महासचिव ईश्वर पोखरेलको हस्ताक्षर भएको पत्र पठाएको कार्यालयका सचिव ईश्वरी रिजालले बताए ।

उनले भने ‘नेताहरुका स्वकीय सचिवलाई र उपाध्यक्ष रावलको घरमा स्पष्टीकरणपत्र पठाइएको छ । हामीले पत्र पठाएका छौ ।’

शनिबारको बैठकमा खनाल–नेपाल समूह अनुपस्थित थियो । पार्टी हितविपरीत काम गरेको र गुटबन्दी गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो । खनाल–नेपाल पक्षले ओलीले २८ गते फागुनको निर्णय नसच्याएसम्म बैठकमा उपस्थित नहुने बताएको छ ।