Bagmati Samachar Logo

ओलीले यो परिवर्तन जुवाको खालबाट आएको हो सोचेका छन्: घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओली २०६२–०६३ देखि अहिलेसम्मका परिवर्तन जुवाको खालबाट आएको सम्झेका बताए।

बिहीबार एमाले खनाल–नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा उनले ओली एमाले वामगठबन्धन बन्नु, दुईतिहाइको जनमत आउनु, सरकार बन्नु , २०६२–०६३को परिवर्तन जुवाको खालबाट आएको सोचेको बताएका हुन ।

‘ओलीले नेकपा भत्काए, दुई तिहाइको सरकार भत्काए, संसद भत्काए , अदालतको कारणले बाँकी रहेको एउटा एमाले पार्टी छ । त्यसलाई पनि तोड्न, त्यसलाई पनि फोड्न ओली उद्धत भएर नग्नतापूर्वक लागेका छन्’ उनले भने । ओलीले नांगो झुट बोलेको र त्यो हेर्न पनि नसकिने भुसालको भनाइ थियो ।

तीन बर्ष पहिलाको उचाइ कहाँ थियो अहिले कहाँ पुगेको छ, यो सबै ओलीका कारण भएको हो । विश्वले पनि नेकपा र उसको सरकारका बारेमा सोच्नु परे तीन पटक सोच्नु पथ्यो तर अहिले ओलीले सबै ध्वस्त बनाएको उनले बताए ।

जनताको बहुदलीय जनवाद ओलीकोलागि बुर्जुवा सिद्धान्त भन्दा केहि फरक नभएको भुसालको आरोप छ । ‘जवजलाई ओलीले चुनाव देखि चुनावसम्मको घोल चक्कर बनाए । चुनाव जित्ने त्योपनि आफ्नो गुटकालाई टिकट दिने । जिताउनु पर्नेलाई टिकट नै नदिने सिद्धान्त बनाए । हाम्रो जवज शान्तिपूर्ण रुपमा समाज रुपान्तरण गर्ने हो । असल र खराबबीच फरक छुट्याउने हो सामाजिक र आर्थिक रुपान्तर हो,’ भुसालको भनाइ छ ।

एमालेको नवौ महाधिवेशनमा भएको गल्तीले अहिले देशको यस्तो अवस्था आएको भुसालले जिकिर गरे । ‘नवौ महाधिवेशनको नितिले नेता चिनेन नेताले निति चिनेन । २०१४ सालमा नेकपामा यस्तै भएको थियो । निति पुष्पलालको नेतृत्व केशरजंग रायमाझिको । अहिले पनि निति हाम्रो नेतृत्व ओलीको । ओलीको र नैतिकताको कहिल्यै भेट हुदैन,’भुसालको भनाइ छ ।