Bagmati Samachar Logo

समाचार लेखेकै कारण जुम्ला पत्रकार महासंघले पत्रकारको नाम हटायो

जुम्ला । जुम्लापत्रकार महासंघले समाचार लेखेको आधारमा पत्रकार महासंघ जुम्ला शाखाले केही पत्रकारलाई सदस्यको सूचीबाट हटाएको छ ।

केहि दिन पहिला पत्रकार दिलमाया शाहिले जुम्लाको हाइअल्टीच्युट निमार्णमा भएको अनियमिताको बारेमा समाचार लेखेकी थिइन । समाचारमा महासंघका अध्यक्ष बरमबहादुर महत जोडिएका थिए । महतले नै पदेश सरकारको मौखिक निर्णय भन्दै किर्ते गरेर वडा कार्यलयलाई पत्र लेखेका थिए । उक्त समाचार छापिएपछि महतले अर्को किर्ते गरेको फेला परेको छ ।

महतले पत्रकार महासंघ जुम्लाको निर्णय भन्दै एकै दिनको मिति राखेर अहिले आएर दुई निर्णय सार्वजनिक गरेका छन ।महासंघले एकै दिनको मिति राखेर पत्रकार महासंघ जुम्लाका सदस्यहरुका नामलिस्ट फरक फरक सार्वजनिक गरेको छ ।

२०७७ सालभदौ ३१ गतेको मितिमा जुम्ला पत्रकार महासंघले पठाईएको पत्रानुसार पत्रकार महासंघ कर्णाली प्रदेशको वैठकले निर्णय गरेर पठाएका पत्रकारहरुको नाम हटाई सोही मितिमा जुम्ला पत्रकार महासंघको नाममा पत्रकार महासंघ केन्द्रलाई अर्को नाम लिष्टपठाईएको खुलासाभएको छ ।

पहिलो पत्रमा

दिलमायाशाही ,.शिवानीविक ,हिराबहादुर रोकाया , कल्पना रावत , कृष्णबहादुर विक रहेका छन् ।

शाहिको नाम ३ नं मा, शिवानी विकको चौथो नं.मा, रोकायाको २३ नं.मा ,रावतको २४नं र कृष्णबहादुर विकको ३३ नं.मा नाम छ । महासंघ अध्यक्ष र केहि पदाधिकारीको मिलोमतोमा आफूहरुको नाम हटाएको पिडित पत्रकारले बताए ।

एउटै मितिमा फरक लिस्ट

आफुले कसैलाई नहटाएको विधानले भने अनुसार उहाँहरु पत्रकार महासंघको सदस्यता दिने दिनमा जुन संचार गृहबाट नियुक्ति पाएका थिए त्यो संचार गृहमा काम नगरेकाले सदस्यता दिन नमिलेको पत्रकार महासंघ जुम्लाका अध्यक्ष महत बताउछन् ।

पत्रकार महासंघको नाममा एक महिनामा दुई पत्र पत्रकार महासंघ केन्द्रीय कार्यलय काठमाडौंमा पढाएका छन् । तर महत भने एक पत्रमात्रआधिकारी भएको बताउछन् । उनले भने ‘३१ भदौ २०७७ सालको पत्रआधिकारीक होइन । २०७७ साल भदौ गतेको पत्र आधिकारीक हो ।’

तर दुबै पत्र मातपाईको हस्ताक्षर छ नि भन्दा यो बारेमा आफु जिल्लामा गएर बुझ्ने बताए । उनले भने ‘म जिल्लाबाहिर छु । जिल्लामा गएपछि दुबै पत्र अध्ययन गर्छु ।अहिले यस्तै भन्न सक्दैन ।’

पहिलो पत्रमा ३३ जना सिफारिस गरिएकोमा प्रदेश महासंघले आवश्यक छानविन गर्दा अन्यपत्रकार नभएका कारण ११ जनाको नाम केन्द्रलाई अगाडि बढाएको बताएको छ ।

यसैगरी प्रदेशले पत्रकारहरुको नाम अगाडिबढाए पछिआफ्नो मान्छे गैरपत्रकारहरु नपरेपछिप्रदेशले अगाडिबढाएका पत्रकारहरु दिलमायाशाही, कृष्णवि.क, शिवानीवि.क सहित ५ जनाको नामहटाएर उहीमितिमा सिधै केन्द्रलाई महासंघको लेटरप्याड विनै ३० जनाको नामलिष्टको अर्को पत्रपठाईएको पाईएको छ । त्यसमालिष्टमा अधिकांस गैरपत्रकार रहेको, हटाइएकापत्रकारहरुको आरोप छ ।
जसमाका.वा सचिव नौरते नेपालीकी श्रमतीमाया नेपाली र अध्यक्ष बरमबहादुर महत प्रमुखभएको खेल्कुदको कार्यालयमा कामगर्ने बिष्णु महतको पनी नाममहासघको सदस्यमा छ ।

अध्यक्ष बरमबहादुर महत र का.वा सचिव नौरते नेपाली उल्लेख गरिएको पत्रमा हस्ताक्षरमा दुवै चिठी २०७७ भदौ ३१ गतेकै छन् । जहाँकी सचिव धनबहादुर बुढाहुदाहुदै का.बा. सचिव कसरी नाम उल्लेख भयो ? त्यो रहस्य पनि वाहिरिएको छ ।

किर्ते सिफारिस पठाईयो :

पत्रकार महासंघ जुम्लामा नयाँ सदस्यता पहिलो पटक ४ जना सर्वसम्मत गरेर पठाईएको थियो । पछिल्लो समयमा कार्य समितिलाई जानकारी नदिई केही व्यक्तिले प्रदेशमा पठाइएका गैरपत्रकारहरु हटाउन बहुमत कार्य समितिको वैठक बसेर निवेदन दिएपछि छानविन पछि पत्रकार नभएका व्यक्तिलाई हटाएर १० जना मात्रै केन्द्रलाई सिफारिस गरिएको पत्रकार महासंघ कर्णाली प्रदेशले बताएको छ ।

किर्ते हस्ताक्षर

प्रदेशमा गैर पत्रकारहरु आफ्ना व्यक्ति नपरेपछि केन्द्रमा ६ जनाको हस्ताक्षरमा अर्को पत्र पठाईएको छ । जुन पत्र किर्ते भएको पाईएको बताइन्छ । हस्ताक्षर गरिएका व्यक्तिहरुले नै आफ्नो हस्ताक्षर नभएको प्रतिक्रिया दिएका छन् । पत्रकार महासंघ उपाध्यक्ष गिता शाही (महतले) आफुले पत्रकारलाई महासंघको सदस्यबाट हटाउनका लागी हस्ताक्षर नगरेको बताउछिन् । उनले भनिन् ‘बरु गैर पत्रकारलाई हटाउन आवश्यक छ । मैले किन सक्रिय पत्रकारीता गरीरहेका साथिहरुलाई महासंघको सदस्य हुनबाट रोक्छु ।’ अर्का सदस्य रतन नेपालीले पनि कुनै साथिहरुलाई महासंघको सदस्यताबाट हटाउन आफुले हस्ताक्षर नगरेको बताए । उनले आफ्नो हस्ताक्षर नै किर्ते गरेको आरोप लगाएका छन् । उनले भने ‘मेरो हस्ताक्षर किर्ते भएको छ । यस्ताकिर्ते हस्ताक्षर गर्नेहरुलाई कानुनीकाबार्ही गर्नु पर्छ ।’