प्रचण्ड–नेपाल पक्षको बैठक: एकताको प्रयास गर्ने तर अहिले आफ्नै पार्टीमा फर्कने
काठमाडौं । सर्वोच्च अदालतको आईतबारको फैसलापछि विभाजित बनेको तत्कालिन नेकपा पुष्पकमल दाहाल पक्ष र माधव कुमार नेपाल पक्ष आ–आफ्नै पार्टीमा फर्कने भएका छन् ।
सर्वोच्चको फैसालाका विरुद्ध पुनरावलोकन गर्ने विकल्प भएपनि अहिले अदालतको फैसला कार्यान्वयनको विकल्प नभएकाले माधवकुमार नेपाल पक्षीय नेताहरु नेकपा एमाले भित्रै गएर एकताका लागि संघर्ष गर्न तयार भएका हुन् ।
नेकपा माओवादी केन्द्रले भने सर्वोच्चको फैसलामाथि पुनरावलोकनका लागि निवेदन दिनेबारे कानूनी परामर्श गरेर आवश्यक निर्णय गर्ने स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए । ‘पार्टी एकताका लागि प्रयास गर्ने तर अदालतले दुई वटा पार्टी बनाई दिएकाले अहिले उहाँहरु एमाले भित्र बसेर संघर्ष गर्ने, हामी पनि एकताका लागि पहल गर्ने कुरा भयो,’ उनले भने ।
नेता नेपाल पक्षको आज छुट्टै बसेको बैठकले पनि एकताका लागि एमाले भित्रै गएर संघर्ष गर्ने निर्णय गरेको थियो । नेपाल पक्षले एमाले स्थायी कमिटीमा अफ्नो पक्षको बहुमत रहेको, बहुमत जिल्ला कमिटी आफ्नो पक्षमा रहेको र केन्द्रीय कमिटीमा समेत बलियो उपस्थित रहेकाले त्यसलाई नै आधार मानेर एमाले भित्र पार्टी एकताकै लागि संघर्ष गर्ने निर्णय गरेको हो ।
नेता पुनले अध्यक्ष प्रचण्ड भने, आवश्यक परामर्श पनि सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने संभावना रहेको बताए । ‘एकता आवश्यक छ भन्ने कुरामा हामी सवै एकमत छौं, तर तत्कालका लागि अदालतले पुरानै पार्टी तर्फ फर्काईदिएकाले त्यहीं गएर संघर्ष गर्ने, जनतालाई अपिल गर्ने हो, उनले भने । सर्वोच्च अदालतको आईतबारको फैसलाले दुई पार्टी बीचको एकताबाट बनेको नेकपाको आधिकारिकता बदर गर्दै पुरानै पार्टीमा फर्कन आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: