सर्वोच्चको फैसलापछि नेकपाका ६४ जनप्रतिनिधिको पद के हुन्छ ?
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकता नै भंग गरिदिएपछि सो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको पद के हुने भनेर राजनीतिक संकट चुलिएको छ ।
पार्टी एकतापछि सूर्य चुनाव चिन्हबाट निर्वाचित भएका ४६ जना जनप्रतिनिधिको अवस्था के हुने भन्ने बारे अन्योलता बढेको हो । वरिष्ठ अधिवक्ता यदुनाथ खनालले यस विषयबारे अदालतमा मुद्दा परे त्यही व्याख्या हुने बताए । उनले सूर्य चुनाव चिन्ह एमालेको भएकाले माओवादी केन्द्रका पनि जनप्रतिनिधि भएका छन् । त्यस्तो अवस्थामा उनीहरूको पद के हुने भन्नेबारे संकट भएको बताए ।
गत उपचिनर्वाचनमा एकीकृत भएको नेकपाबाट कास्की २ बाट विद्या भट्टराई, दाङ–३ (ख) बाट विमलाकुमारी खत्रीसहित २९ जना निर्वाचित भएकी थिइन्। भने राष्ट्रिय सभाको निर्वाचनमा नारायणकाजी श्रेष्ठ, बेदुराम भुसालसहित १६ सांसद् निर्वाचित भएका थिए । उपनिर्वाचनमा पाँचथरको फाल्गुनन्द गाउँपालिकामा, संखुवासभाको मकालु गाउँपालिकामा, महोत्तरको पिपरा गाउँपालिकाको अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाका उम्मेदवार निर्वाचित भएका थिए । भने २४ वडाध्यक्षहरु निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्: