नेकपा प्रचण्ड–नेपाल पक्षद्धारा नेम्वाङसहित ७ जनालाई कारबाहि
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षले सुभास नेम्वाङलाई संसदीय दलको उपनेता र पार्टी साधारण सदस्यबाट निस्कासन गरेको छ ।
पार्टी कार्यलय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले नेम्वाङसहित विशाल भट्टराई, महेश बस्नेत, प्रभु साह, शान्ता चौधरी, सूर्य थापा र कर्ण थापालाई पार्टीको साधारण सदस्यबाट निस्कासन गरेको एक स्थायी कमिटी सदस्यले बताए ।
पार्टीको विधान विपरित काम गरेकाले उनलाई अनुशासनको कारवाही गदै साधारण सदस्यबाट निस्कासन गरेको ती नेताले बताए । यो भन्दा पहिला बुहमत पक्षले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई सबै पार्टीको साधारण सदस्यबाट निस्कासन गरेको थियो ।
त्यसपछि महासचिव विष्णु पौडेललाई साधारण सदस्यबाट निस्कान गरीसकेको छ । यी निष्कासनमा परेका नेताहरु ओलीको हरेक कदमको अन्धभक्त भएर समर्थन गर्थे ।
अझ नेम्वाङ संसदीय दलको उपनेता हुदा पनि पार्टीबीचको विवादलाई मिलाउने भन्दा पनि ओलीलाई उचालेर विभाजनसम्म पुगाएको थियो । नेम्वाङले एक बर्ष पहिला यो संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताएका थिए । तर जब ओलीले ५ पुसमा संसद विघटन गर्दा ओलीको पक्षमा नेम्वाङ सबै भन्दा पहिला लागेका थिए । उनले सार्वजनिक रुपमा नबोलेपनि ओलीको पक्षमा सर्वोच्चमा बहस नै गर्न गएका थिए ।
भट्टराईपनि संसद विघटन हुदा ओलीको पक्षमा सबै भन्दा बढी वकालत गर्नेमा पर्छन । उनलाई ओलीले केहि दिन पहिला प्रमुख सचेतक बनाएको छ ।
बस्नेत पार्टीको केन्द्रीय कमिटीमा बसेर पनि नेतृत्वलाई तुच्छ गालि गदै आएका थिए । उनी ओलीको पक्षबाट सांसदहरुलाई मन्त्री बनाइ दिन्छु भन्दै होटलमा बोलाएर बाग्रेनिङ गरेको आरोप लागेको छ ।
थापा ओलीको प्रेस सल्लाहकार हुन । उनी प्रधानमन्त्रीको सचिवालयमा बसे फरक मत राख्ने नेताहरुलाई जथाभावि बोल्नेमा पर्छन । उनले ओलीको बचाउ गदै अन्य सबै नेताहरुलाई मनलाग्दी गालि गलौच गदै आएका थिए । उनलाई त कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य नै नुसुहाएको उनकै पक्षका नेताहरु बताउदै आएका छन् ।
साह पूर्व माओवादी पक्षका हुन । उनी अहिले ओली पक्षमा गएर प्रचण्ड–नेपाललाई सबै भन्दा बढी आरोप प्रत्यारोप लगाउने मन्त्रीमा पर्छन ।
सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष समेत रहेका कर्ण थापा पनि अरु नेताहरुलाई गालिगलौच गर्नमा माहिर मानिन्छन् । उनी ओलीको ज्वाइ पर्छन ।
प्रतिक्रिया दिनुहोस्: