आगामी निर्वाचनमा दुई तिहाई ल्याएर फेरि सिंहदरबार छिर्छु: ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर सिंहदरबार छिर्ने बताएका छन् । झापाको बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गदै ओलीले उक्त कुरा बताएका हुन ।
उनले भने ‘केहि गरी ‘प्रधानमन्त्री’ पद त्याग्नुपरेमा आफूले कुनै छलछाम नगरी सहज रुपमा हाँसीखुसी पद छाडिदिने र आगामी निर्वाचनमा पुन: दुई तिहाई बहुमत ल्याएर फेरि सिंहदरबार प्रवेश गर्ने छुँ।’
आफूलाई प्रधानमन्त्रीबाट हटाउन त्यती सहज नभएको पनि दोहोर्याएका छन् । ओलीले प्रतिनिधीसभा पुनस्थापना हुँदैमा आफूलाई कुनै असर नपर्ने दाबी गरेका छन्। उनले संसदको आगामी अधिवेसनले अबको राजनीतिको रोड म्याप तयार पार्ने उल्लेख गरे ।
आफ्नो मन्तव्यको अधिकांश समय विकास निर्माणका बिषयमा खर्चिएका प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले बिगत तीन बर्षमा धेरै उपलब्धि हाँसिल गरेको बताए । अब मुलुकमा उद्योग कलकारखाना स्थापनाको लहर चलेको बताउँदै प्रधानमन्त्री ओलीले रोजगारीकै लागि बिदेशीनु पर्ने अवस्थाको अन्त्य गर्न वर्तमान सरकार लागि परेको धारणा बताए।
सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन वर्तमान सरकार क्रियाशिल रहेको ओलीको भनाइ थियो । उनले भने ‘सरकारको यो लक्ष्यमा बिभिन्न बाधा ब्यवधान आएपनि त्यसलाई पन्छाउदै अगाडि बढेको छ । आफूहरुको लक्ष्य सबै नेपालीलाई खुसी राख्ने भएकाले धेरै कामहरु गरेका छौ । सडक बालबालिका र सहयोगापेक्षी सडक मानबको व्यवस्थापनमा गरेको छ ।’
पूर्वाञ्चल क्यान्सर अस्पताल ५ सय शैयाको छ । करिब छ सय करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो । हाल एक सय शैया सञ्चालन भइरहेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी गराए । सबैखाले क्यान्सरको उपचार गर्ने उद्देश्यका साथ निर्माण गरिएको अस्पतालमा सम्पूर्ण उपकरण जडान गरिएको प्रसाईको भनाइ थियो । उनले आफूपनि क्यान्सरको पीडित भएकाले आफूले जस्तो दु:ख अरुले नपाउन् भन्नका लागि पनि अस्पताल सञ्चालनमा ल्याएको बताए ।
पूर्वका क्यान्सर रोगीहरुलाई सेवा दिने उद्देश्यले सञ्चालनमा आएको अस्पतालमा छिमेकी मुलुक भारतबाट समेत विरामीहरु आउने गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए।
प्रतिक्रिया दिनुहोस्: