विप्लव समूहले बनायो दुई सदस्यीय वार्ता टोली
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।
वार्ता टोलीको नेतृत्व पार्टी प्रवक्ता खड्गबहादुर विकले गर्ने छन् भने अर्का सदस्य उदयबहादुर चलाउने रहेका छन् । विक विप्लवपछिको दोस्रो नेता हुन भने चलाउने पार्टीका केन्द्रीय सदस्य हुन । उनी जनमुक्ति सेनाको नेतृत्वमा रहेको बताइन्छ ।
विप्लव विज्ञप्ती जारी गरेर वार्ता टोली घोषणा गरेका छन् ।
सरकारले आजै विप्लवसँग वार्ता गर्ने भन्दै गृहमन्त्रीको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको घोषणा गरेको छ । सरकारले वार्ता गर्ने घोषणा गरेपनि विप्लवमाथिको प्रतिबन्ध भने फुकुवा गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्: