काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको आधिकारिकता पक्का भईसकेको बताएका छन् ।
निर्वाचन आयोगले घोषणा गर्न बाँकी रहे पनि पार्टीको आधिकारिता र चुनाव चिन्ह आफूहरुको पक्का भएको बताए । पार्टी भित्रको शक्ति समिकरणमा आफूहरु झण्डै दुई तिहाई बहुमतमा रहेको बताउदै प्रचण्डले पार्टी विधान र निर्वाचन आयोगको विधानल तथा संविधानले समेत नेकपाको आधिकारिकता बहुमत पक्षलाई दिने प्रष्ट लेखेको बताए ।
यस्तो प्रष्ट व्यवस्था हुंदा हुंदै आयोगले अन्यथा निर्णय गर्नै नसक्ने प्रचण्डको दावी छ । निर्वाचन आयोगसँग पटक पटक भएका छलफल र जनभावनाका आधारमा पार्टीको आधिकारिकता र निर्वाचन चिन्ह सूर्य आफूहरुले नै पाउने उनको तर्क छ । सर्बोच्च अदालतले समेत आफूले गरेको तर्क अनुसारै संवैधानिक प्रावधानका आधारमा जनमतको कदर गरेको तर्क अघि सार्दै प्रचण्डले भने, ‘अहिले पनि मैले संविधानका प्रावधान, राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था, आयोगसँग पटक पटक भएका छलफल, लोकतान्त्रिक मूल्य मान्यता र जनभावनाका आधारमा यो कुरा भनिरहेको छु ।’ राजधानीमा सोमबार पेशागत महासंघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले त्यत्तिकै भनेको होइन, बुझेरै भनेको छु, आयोगले पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य बहुमत पक्षकै हो भनेर भन्दैछ, घोषणा नै हुँदैछ, कुनै शंका नगरे हुन्छ।’ प्रचण्डले ओलीतर्फ लागेका नेताहरुलाई बेलैमा सही निर्णय गर्न आग्रह समेत गरे। ‘तपाईंहरुलाई लठ्ठाइएको छ, निद्रामा हुनुहुन्छ बेलैमा ब्युँझिनुहोस्, आयोगले अब छिट्टै निर्णय गर्दैछ, हामीले पाई नै सक्यौँ, घोषणा हुनमात्र बाँकी हो









प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…