सरकारबाटै संविधान मिच्ने प्रयास भइरहेको छ: योगेश भट्टराई
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य एवम् प्रेस संगठन नेपालका इन्चार्ज योगेश भट्टराईले लामो संघर्ष र बलिदानबाट प्राप्त जनसंविधानमाथि सरकारबाटै पटक पटक प्रहार भएको बताए ।
सोमबार हेटौंडामा आयोजित प्रचण्ड–नेपाल पक्ष निकट प्रेस संगठन नेपालको जागमति प्रदेशको दोस्रो प्रादेशिक भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेको भट्टराईले सरकारबाट जनचाहनालाई कुल्चिने काम भएकोप्रति बताए ।
प्रधानमन्त्रीले संसद विघटन गरेर संविधानमाथि प्रहार गरेको भन्दै अहिले सर्वोच्चले यसलाई उल्टाएको प्रति खुशी व्यक्त गरे । उनले भने, ‘एक पटक होइन, दुई पटक पनि होइन, पटक पटक जनताको अधिकारमाथि प्रहार भएको छ । प्रधानमन्त्रीको यो पटकको कदमलाई सर्वोच्चले उल्टायो, तर पटक पटक आक्रमण गरिनु कतिसम्मको गैरजिम्मेवार हो सरकार ?’
सरकारबाटै बारम्बार संविधान मिच्ने प्रयास भइरहेकाले प्रेस संगठनहरु त्यसको विरुद्धमा बोल्नुपर्ने बताए । सरकारी सञ्चार माध्ययमले समेत सरकारकै गुनगान गाउने गरेको भन्दै पत्रकार र संञ्चारमाध्यमहरुले जहिले पनि सत्य र असत्य छुट्याउन सक्नुपर्ने बताए । सञ्चारमाध्यम र पत्रकारिता सधैँ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा हुनुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया दिनुहोस्: