सर्वोच्च अदालतको फैसला पछि कुन नेताले के भने
पुष्पकमल दाहाल प्रचण्ड ,अध्यक्ष नेकपा
काठमाडौं । भोली हुने सभालाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्डले अदालतको फैसलाले न्यायप्रेमी नेपाली जनताको जित भएको बताएका हुन । उनले भने ‘सर्वोच्च अदालतको फैसलाले सम्पूर्ण न्यायप्रेमी नेपाली जताको ,यो साहसिक फैसला गर्ने न्यायधीसहरुको जित भएको छ । यो फैसलाकोलागि उहाँहरुलाई बधाइ छ ।’
अब आफुहरु सहमति र सहकार्य गरेर अगाडि बढ्ने प्रचण्डले बताए । उनले भने ‘हामीले यो लडाइ कुर्सिको लागि लडेका होइनौ । न्यायकोलागि लडेका थियौ । अब सबै राजनीति दलहरुसंग सहमति र सहकार्य गरेर अगाडि बढ्ने छौ ।’ ओलीको गफ र धोकाधढीको पक्षमा लागेकाहरु सबै नेता सांसदहरुलई मुल पार्टीमा आउन आह्वान गरेका छन् । फिर्ता आउनु होस । स्वागत छ । ओलीको साथ होइन बिना हिचकिचाहट मुल पार्टीमा आउनु होस । उनले भने ‘ओलीको धोकाधढीको पछिलागेका कमरेडहरु सांसदहरु मुल घरमा फर्कनोस् स्वागत छ ।’
ओलीको गलत कदमले नेपाली जनताले दूइ महिना दुख पाएको पनि बताए । प्रचण्डले ओलीमा नैतिकता छ, अलिकति पनि लाज छ भने राजीनामा दिनु पर्ने बताए । उनले भने ‘ओलीमा लाच सरम छ भने राजीनामा देउन । होइन भने इतिहासमा यसरी मिल्काइनु हुने छ कि जसको अनुमान छैन होला ।’
माधवकुमार नेपाल, अध्यक्ष नेकपा
नेकपाका बहुमत पक्षका अध्यक्ष माधवकुमार नेपालले सूर्य उदाएको बताएका छन् । चितवनमा नेपालले बोल्दै नेपालले जनताको जित भएको बताएका छन् । उनले भोली चितवनमा हुने आम सभा विरोधको आम सभा नभएर विजयको सभा हुने बताएका छन् ।
केपी ओली कम्युनिस्ट हुन लाएका छैनन् । अब उनी कुनै पनि अवस्थामा कम्युनिस्ट हुन नसक्ने बताएका छन् ।
बाबुराम भट्टराई , संघीय परिषद अध्यक्ष जनता समाजवादी पार्टी नेपाल
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका छन् ।
उपचारका क्रममा भारतमा रहेका भट्टराईले अदालतको निर्णयले हिन्दु मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं रहेको प्रतिक्रिया दिएका हुन् ।
सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भएको उनको भनाइ छ ।
उनले भनेका छन् ‘कस्तो सुखद संयोग अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खंदै गर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो । फैसला सुन्दा रोग निको भए झैं भयो ।’
देव गुरुङ,नेकपा स्थायी कमिटी सदस्य
सवोच्च अदालतको निर्णयको स्वागत गछौ । अदालत प्रति जनतको भरोसा अझ बढेको छ । जनतको त्याग तपस्या,बलिदानीबाट आएको परिवर्तन गुम्ने खतरा थियो । संघीय लोकतान्त्रीक गणतन्त्र नै खतरामा थियो । त्यो सबै अब हटेको छ । यसले राजनीति नयाँ कोर्समा अगाडि बढ्छ । प्रतिगमनको हार र अग्रगमनको जित भएको छ ।
बेदुराम भुसाल, नेकपा स्थायी कमिटी सदस्य
लोकतान्त्री परिपाटी गलत दिशामा जानबाट रोकेको छ । सर्वोच्च अदालतको यो फैसलाप्रति खुशि लागेको छ । स्वागतयोग्य फैसला भएको छ ।
व्यक्तिका प्रवृतिहरु सच्याउनु पर्छ । गलत प्रवृति हटाउनु पर्छ हामी सबै यो प्रवृति हटाउनु पर्छ । नेकपाले अब संसदको बैठक बस्नु पर्छ । नेकपाले चुनावमा गरेका बाचाहरु पुरा गर्न तर्फ लाग्नु पर्छ ।
लेखनाथ न्यौपाने,नेकपा केन्द्रीय सदस्य
ओलीको प्रतिगामी कदम तत्काललाई पराजित भएको छ । प्रतिगमन विरूद्ध लड्नेहरूको परीक्षा पनि सुरू भएको छ । हाम्रो अनुहार पुस ५ अघिको जस्तो मात्र हुन्छ कि फरक हुन्छ ।
रामकुमारी झाँक्री,नेकपा केन्द्रीय सदस्य
स्वेच्छाचारी शाशकको असंबैधानिक कदम सच्चाउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद पुनर्स्थापना अनिवार्य थियो।
संसद पुनर्स्थापनाले स्वच्छाचारी तानाशाही कदमको अन्त्यसँगै समग्र जनताको सम्मान गरेको छ।
विधायकी मनसाय, संबिधानको अक्षर र भावनको सहि ब्याख्या गर्ने न्यायालय, संबैधानिक ईजलासका सम्माननीय प्रधानन्यायाधीश सहित माननीय न्यायधिश ज्यूहरू प्रति हार्दिक धन्यवाद।
हाम्रो रिट निवेदनको पक्षबाट अनवरत बहस पैरवी गर्ने विद्धान वरिष्ट कानून व्यवसायी र कानून व्यवसायीक मित्रहरू प्रति हार्दिक आभार प्रकट गर्दछु।
समग्रमा यो जनताको जित हो। कानुनी राज्य र लोकतन्त्रको जित हो।
प्रतिक्रिया दिनुहोस्: