गोरखामा राष्ट्रपतिलाई रामकुमारी झाँक्रीले यस्तो भनेकी थिइन्
काठमाडौं । राज्य विरुद्धको कसुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
झाँक्रीलाई प्रहरीले उनकै निवासबाट आज दिउँसो गिरफ्तार गरेको हो । उनलाई अहिले अपराध महाशाखा मिनभवनमा राखेको छ ।
झाँक्रीले १६ माघमा गोरखा जिल्लााको रिसानचोकमा भएको पार्टीको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा विवादित अभिव्यक्ति दिएको भन्दै गिरफ्तार गरेको हो । प्रहरीले झाँक्रीको अभिव्यक्तिका बारेमा सोधपुछ गर्न भनेर बिहान बोलाएको थियो । तर उनी पक्राउ पुर्जी नभएसम्म कहि नजाने भनेर घरमै बसेकी थिइन् ।
दिउसो प्रहरीले पक्राउ पुर्जी सहित उनलाई गिरफ्तार गरेको छ । उनी अहिले प्रहरीको अपराध महाशाखा मिन भवनमा छिन् ।
उनलाई हिजो नै प्रहरीले गिरफ्तार गर्न खोजेको अध्यक्ष प्रचण्डले पार्टी कार्यलय पेरिसडाँडाको एक कार्यक्रममा बताएका छन् । झाक्रीलाई गिरफ्तार गर्नु भन्दा पहिला नै उनको घरमा नेकपाका नेता कार्यकर्ताहरु पुगेर नारा जुलुस गरेका थिए । लामो समयसम्म नेताकार्यकर्ताले नाराजुलस गरेपनि अन्तस्प्रहरीले उनलाई गिरफ्तार गरेको छ ।
उनलाई प्रहरीले राज्य विरुद्धको कसुर अन्तर्गत दफा ५८ को कसुर अन्र्तगत गिरफ्तार गरेको पक्राउ पुर्जीमा जानकारी दिएको छ ।
यो दफामा यस्तो व्यवस्था गरेको छ स्
राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने (१) कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन ,डर त्रास देखाउन वा अन्य कुनै किसिमको दबाब दिनु हुदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात बर्ष सम्म कैद वा सत्तरी हजार रुपपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने छ ।
स्पष्टीकरण यस दफाको प्रयोजनकोलागि ‘संसद’ भन्नाले नेपालको संविधान बमोजिमको संघीय र प्रदेश सभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका संसदलाई समेत जनाउँछ ।
उनले दिएको अभिव्यक्ति यस्तो छ ।
गोर्खामा उनले भनेकी थिइन्
अब राष्ट्रपतिको कुरा त के गर्नु रु बडामहारानीले चुनाव हुन्छ भन्नु भएछ । अस्ति निर्वाचन आयोगको प्रतिवेदन बुझ्दै । म बडामहारानीलाई यहि गोरखाबाटै सन्देश दिन चाहन्छु ।
निर्वाचनको तयारीकालागि कारगेट छोडेर ,सुख सुविधा, ऐसआराम,शीतल निवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस् । चावहिल कि कता बानेश्वररित बसाइ छ भन्ने सुनेको थिएँ । होइन भने बालकोटै गएपनि हुन्छ । र, नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो, त्यसको तयारी गरेर सन्देश पाठाउनुहोस्, तपाईसंग म पनि अलि भारी हुन्छु होला । यहि रेखा लोप्चनलाई चुनाव लडाउँछौ र हराउँछौ ।
त्यसकारण बडामहारानीले हामीले प्राप्त गरका ,हामीले संघर्ष गरेर ल्याएका अधिकारहरुमाथि गिद्देदृष्टि लगाएर एउटा गुटको ,खास गुटको मान्छेको तुष्टि फेर्नकालागि गरिएका असंवैधानिक कदम किमार्थ पनि स्वीकार्य हुन सक्दैन ।
त्यसकारण यो नेकपा एमालेले २०५० सालमा गरेको भुल थियो । यहाँ अन्यथा नहोस् । तमाम दिदीबहिनी हुनुहुन्छ ,शहीद परिवार हुनुहुन्छ । यहाँहरुलाई भन्न खोजेको होइन ।
मदन भण्डारीको हत्या पछाडि सेतो साडी लाएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो, नेकपा एमालेले । त्यसको प्रतिउत्पादन हो, विद्या भण्डारी र आज यो संविधानको चीरहरण गर्ने कारण बनेको छ । त्यसकारण संस्कृति पनि सही हुनु पर्ने रहेछ ।
धरानमा हामीले चुनाव हार्नुको कारण पनि त्यही हो । धरानमा मेयर बिमारी भएर बित्नु भयो । मेयरका श्रीमतीलाई टिकट नदिए बापत भनेर भोट हालेनन् । र कांग्रेसले जित्यो । सेन्टिमेन्टको ,इमोसनल ब्ल्याकमेलिङको राजनीति पनि बन्द गर्नुपर्ने हुन्छ । राजनीति विचारधाराकै गर्नुपर्दोरहेछ । त्यसकारण जब विचारधारका सिद्धिन्छ ।
कपाल देखाएर नाक देखाएर,छाला देखाएर ,लुगा देखाएर जब राजनीति गरिन्छ नि पुग्ने त्यहीँ हो । त्यसबाट आउने चिज पनि त्यहि हो । त्यसैले हामीले गलत काम गरेकै कारणले ,नारायणकाजी कमरेडलाई पनि थाह छ । दोस्रो पटक विद्या भण्डारीलाई राष्ट्रपति नबनाऔं भनेर सचिवालयका नेताहरुलाई, सबैको घरमा देउसी खेल्न गएको हामी ।
उहाँहरुले कानमा तेल हाल्नु भयो । त्यतिन्जेलसम्म उहाँहरुको विद्या भण्डारीले केहि बिगारेको थिएन । हाम्रोपनि त बिगारेको थिएन । अब थाह पाउनुभयो । त्यसकारण उहाँहरु भन्दा हामी नै दूरदर्शी थियौ भन्ने त प्रमाणित भयो नि ।
सबै नेता कमरेडकोमा गएको हामी । एउटा सेरोमेनियल पदमा मान्छे दोहर्याइ तेहर्याए किन राख्ने ?
प्रतिक्रिया दिनुहोस्: