Bagmati Samachar Logo

निर्वाचन आयोग काइते कुराको पछि नलागोस्ः प्रचण्ड

काठमाडौं । २८ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगलाई खुट्टा नकमाउन चेतावनी दिएका छन् ।

काठमाडौंमा बुधबार आयोजित सभामा बोल्दै आक्रोशित मुद्रामा देखिएका प्रचण्डले भने, ‘निर्वाचन आयोग खुट्टा नकमाऊ ।’

उनले निर्वाचन आयोगलाई दबाब नदिएको बताए । प्रचण्डले भने, ‘हामीले निर्वाचन आयोगलाई के भनेको छ र ? खुट्टा नकमाऊ भनेको त हो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ठगीधन्दा चलाएको र ७० वर्ष लडेर ल्याएको लोकतन्त्र, संविधान मास्न खोजेको आरोप लगाए । प्रचण्डले ओलीले निर्वाचन आयोगलाई धम्की दिएको समेत बताए । ‘७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि घात गर्न खोज्ने र उसैले धम्की दिने ।’ उनले प्रधानमन्त्रीलाई चेतावनी पनि दिए ।

प्रधानमन्त्री ओली अझै पनि सुध्रिए अब छिट्टै सिंहदरवार बालुवाटर घेर्ने आमसभाको आयोजना गर्ने चेतावनी दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले काठमाडौंमा आयोजना गरेको सभालाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिका विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्दै आएको भएपनि केही दिनअघि नारायणहिटी दरवार अगाडिबाट आफ्नो सभा यस्तो भएको भन्दै दम्ब देखाउने काम गरेको भन्दै प्रचण्डले यस्तो चुनौती दिएका हुन् ।

उनले ओलीले चलाएको प्रतिनिधि सभा विघटनको मुद्दा तत्काल नसच्याए ओलीलाई घेर्न उत्रिने बताए । उनले आज आयोजना गरेको सभामा करिव ५ लाख मानिस सडकमा उतारेको भन्दै यही मानिसलाई लिएर बालुवाटार घेर्ने चेतावनी दिए ।

अध्यक्ष प्रचण्डले निर्वाचन आयोगलाई समेत जनताको मत बुझ्न आग्रह गरे । यो विरोधसभाले अदालतलाई समेत गणतन्त्रको पक्षमा फैसला गर्न नरोक्ने बताउदै उनले जनताको मतको पक्षमा फैसला नभए आँधी हुरी आउने चेतावनी दिए ।

प्रचण्डले भने, ‘तपाईको आलोतान्त्रिक र अपराधिक गतिविधि जनताले बुझिसकेका छन् । सर्बोच्च अदालतमा न्यायाधीशहरुले पनि बुझ्नुभयो होला जनता के चाहान्छन् भन्ने । अब ढिलो नगरी लोकतन्त्रको पक्षमा फैसला दिनुहुनेछ भन्ने विश्वास छ ।’