भोट मागेँको मानिस नै कुहिएको आलु निस्किएपछि कसरी माडी मणि बनोस्ः ओली
काठमाडौं । १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाइए कटाक्ष गदै जसकोलागि भोट मागे उ नै कुहिएको आलाु निस्किएको बताएका छन् ।
चितवनको भरतपुरमा आफू पक्षीय नेकपाको जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको लागि भोट माग्न २०७४ को निर्वाचनका क्रममा चितवनको पर्यटकीय केन्द्र माडी पुगेको र सो ठाउँलाई मणि बनाउँछु भनेको स्मरण गरे। तर जसका लागि भोट मागेँ ऊ नै कुहिएको आलु निस्किएपछि कसरी माडी मणि बनोस् भन्दै ओलीले कटाक्ष गरे ।
उनले भने, चितवनको सुन्दर भूमि माडीलाई मणि बनाउँछु भनेको थिएँ । तर जसका लागि भोट मागेँ ऊ नै कुहिएको आलु निस्किएपछि कसरी माडी मणि बनोस् ।
यस्तै ओलीले पार्टी विभाजन नभएको भन्दै पिलो निचोर्दैमा शरीरको तौल नघट्ने बताए । ‘तपाईंहरूलाई पार्टी फुट्यो भनेर चिन्ता लागेको हो। पार्टी फुटेको होइन, केही मान्छे बाहिर गएका हुन्। पार्टी एकढिक्का छ। एकजुट छ’, ओलीले भने।
नेकपा एकढिक्का रहेको दाबी गर्दै ओलीले नेकपाको सबै धारको नेतृत्वकर्ता आफूले गरेको बताए । उनले भने, ‘केही मान्छे निचोरिएर गएका छन्। निचोरको पनि होइन, आफैं निचोरिएर गए। मुलधार हामी हौं।’
उनले तोकिएको समय वैशाख १७ र २७ गते निर्वाचन हुने पनि दावी गरे । ुकेही व्यक्तिहरूले अल्मल्याउनका चुनाव हुँदैन भनेर भ्रम फैलाइरहेका छन्ुु, उनले भने, चुनाव हुन्छ। भ्रममा फैलाउनेहरू फैलाइरहून्।’
ओलीले जनताको हित गर्नेहरूलाई चुनावमा जिताएर पठाउनुपर्ने बताए। ‘गफप्रेमीलाई होइन। विकासप्रेमीलाई जिताउनुपर्छ,’ उनले भने, ‘कोरोनाले विकासमा अलिकति समस्या भएको थियो। तर, सरकारले विकासको काम गरिरहेको छ।’
यस्तै ओलीले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालमाथि पनि टिप्पणी गरे । ुअलिअलि मतपत्र च्यातेर जिते पनि यहाँका जनताले भोट त दिएकै थियो नि , खोइ तपाईंहरुको मेयर यहाँ त छैनरु तपाईंहरु यहाँ हुनुहुन्छ तर मेयर यहाँ छैनन्। सायद मेयर पिकनिक खान जानु भयो होला कतै , उनले दाहालले कार्यक्रम बहिस्कार गरेकोमा आक्रोश पोखे ।
उनले संघीय सरकारले दिएको बजेटमा बन्दै गरेका सिटी हल र सडक केटाकेटीले शिलान्यास गर्छन् त भन्दै प्रश्न गरे । संघीय सरकारले एक अर्ब २० करोड हामीले दिने भवन हामीले बनाउने, अनि कुन केटाकेटीले शिलान्यास गर्ने त ? ओलीको प्रश्न छ । तर शिलान्यास कार्यक्रमप्रति भरतपुर महानगरपालिकाकी मेयर दाहालले विमति जनाउँदै बहिष्कार गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्: