Bagmati Samachar Logo

प्रचण्ड–नेपाल ३ महिनापछि यी सबै नागरिक अगुवा हुनेछन्ः ओली

काठमाडौं । १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई तीन महिनापछि नागरिक अगुवा हुने बतएका छन् । नागरिक अगुवासँगै लागेको भन्दै प्रचण्ड र माधवकुमार नेपाल समूहको आलोचना गरेका छन् ।
काठमाडौंमा भएको आफु निकट जनजाति महासंघको कार्यक्रमलाइ सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । उनले नेकपा छोडेर जानेलाई दशा लागेको पनि बताए ।

उनले भने ‘दशा लागेको रहेछ पार्टी छाडेर गए, कमिलाको पनि काल आएपछि पखेटा पलाउँछ । यी कमिलाका पखेटा पलाए, अब जनताले माफ गर्नेछैनन्’ ओलीले प्रचण्ड–नेपाल समूहको पार्टीले १० सिट पनि ल्याउने अवस्था नभएको बताउँदै भने, ‘बिचराहरुलाई निद्रा पर्न छोड्या छ ।’

उनले प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गरे । जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताए ।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफुहरुको भएको बताए । विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताए ।