Bagmati Samachar Logo

काम लाग्छ कि भनेर प्रचण्डलाई पार्टीमा ल्याएको थिए,काम लागेनःओली

काठमाडौं । २४ पुस ।  काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई काम लाग्छ कि भनेर पार्टीमा ल्याएको बताए । आज कैलालीको धनगढीमा भएको सभालाई सम्बोधन गदै प्रचण्ड काम लाग्ला भनेर पार्टीमा ल्याएको तर काम नलागेको ओलीले बताए ।
उनले भने ‘लाटेकोसेरो घाम लागेपछि आँखा देख्दैन । अध्यारोमा काम गर्ने बानी परेकाहरु यहाँ टिक्न सकेनन् । उनीहरु अध्यारोमा काम गर्ने बानी परेका छन् । त्यहि भएर यहाँ टिक्न सक्नु भएन ।’
उनले आफुसंग मिल्नै नसक्ने गरी के भएको थियो भन्दै प्रश्न गरेका छन् । उनले भने ‘ मसंग माधवकुमार नेपाल चुनाव हारेका हुन । मेरो समर्थनमा उहाँ १५ बर्ष महासचिव हुनु भयो । तर उहाँले मसंग चुनाव लड्नु भयो हार्नु भयो । मसंग मिल्न नसक्ने के थियो ।’
उनले आफुले नै माधवकुमार नेपाललाई पार्टीमा ल्याएको बताए । उनले भने ‘म ०२२ सालमा पार्टीमा लागे उहाँ ०३२ सालबाट पार्टीमा लागेका हुन । म जेल परेपछि केन्द्रीय सदस्य भएका हुन । उनी पार्टीमा लाग्नु भन्दा पहिला झापामा पार्टी सचिव थिए । अनि म सिनियर कि माधवकुमार नेपाल ?’
प्रचण्ड ०३८ सालमा मास्टरी गर्दा आफु राजनीतिमा लागेर जेल परेको ८ बर्ष भएको दाबी गरे । उनले भने ‘उहाँ मस्टरी गर्दा देशको पक्षमा बोल्दा म जेल परेको ८ बर्ष भएको थियो । ०२५ साल भनेको कति हो थाह छ प्रचण्ड ज्यु ? उहाँ भन्दा उमेरले तीन बर्ष जेठो हुला राजनीतिमा १० बर्ष जेठो हुँ ।’
उनले आफुले संसद विघटन संविधान अनुसार गरेको दाबी गरेका छन् । संविधान पढ्नु अनि मलाई भन्नु । म ६४ प्रतिशतको प्रधानमन्त्री हो । अर्को विकल्प थिएन । अनि विघटन गरेको हुँ । व्यवहारीक ,कानूनी र अन्तर्राष्ट्रिय मान्यताको आधारमा संसद पुनस्थापना हुदैन । चुनाव वैशाख १७ र २७ गते हुन्छ । मलाई चुनाव गदैन भन्नु बेकार भएको ओलीले जिकिर गरे ।
उनले सम्बोधनबाट चुनवामा लाग्न आग्रह गरेका छन् । उनले भने ‘गाउँमा नै खराबलाई ठेगाना लगाउनु माथि गयो भने हैरान गर्छन । विदेशीको इसारामा काम गर्नेहरुलाई भोट नहाले हुन्छ । भोट नहाले पुग्छ ।’
उनले पद पाउदा खुशि हुनेहरु धेरै भएको बताए । मैले मन्त्री बनाउदा खुशि हुनेहरु अहिले मेरो विरोध गदै छन् । आज सुदुरपश्चिमले चार जना मन्त्री पाएको बताए ।
हामी हटेपछि पार्टी कसरी चल्छ भन्ने सोचेका होलान । तर उनीहरु पिलो हुन । पिलो निचोरीदा वजन घट्दैन । सुखि र समृद्ध बनाउने योजनामा कमि नआएको बताए ।
उनले भने ‘२६५ जना गएका हुन । नेपालमा ३ करोड जनता छन् । उनीहरु नहुदा के हुन्छ ? दुई चार केश झरेर के हुन्छ ?प्रचण्ड–नेपाललाई देश भरीबाट १० सिट जितेर देखाउ ।’
प्रचण्ड नेपाललाई लक्षित गरेर आफ्नो नातागोता भन्दा बाहिर नसोच्ने गरेको आरोप लगाए । एक दर्जन भन्दा बढी तपाईका आफ्न्त माथिल्लो पदमा पुगेर तर मारेको आरोप लगाए । उनले भने ‘पार्टी उहाँहरुको रे ? छोरी बुहारीको मतलब गर्नेको पार्टी हुन्छ ? सम्धी सम्धीनीको पार्टी होइन । जनताको पार्टी हो । मन परिवर्तन गर्नु होस । आखाँ देश तर्फ फर्काउनु होस् । नकि छोरी बुहारी सम्धी सम्धीनी तर्फ ।’
नेकपाको अध्यक्ष आफु भएको दाबी गरे । जनतालाई विभाजन गर्न खोजे । कसैले पहाडियाको नारा लगाए । कसैले थारुका नारा लगाए । अदालतमा गएका मुद्धालाई अहिले केहि गर्न नसक्ने बताए । यो देश थारु