ओलीको असंवैधानिक ‘कु’ विरुद्ध राजनीति दलहरु एक जुट
काठमाडौं । २२ पुस । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले असंवैधानिक ‘कु’का बिरुद्ध एक भएर लडाई लड्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा बिघटनको विरुद्धमा बुधबार काठमाडौंमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनले भने, यो संविधान फेल्क्जीबल छ, तर संविधानलाई कमजोर बनाउने प्रवृतिको विरुद्ध हामी लडाई गर्ने छौ, यसअघि राणा शासनविरुद्ध संगै लडेका थियौ, पञ्चायतविरुद्ध संगै लडेका थियौं, अव पनि संगै लडेर यो असंवैधानिक कु का विरुद्ध अघि बढ्नेछौ ।
नेपालले ओलीको गलत कमदबारे स्पटीकरण सोधेको र अनुशासनको कारवाही गरेको बताए । ओलि कामचलाउ प्रधानमन्त्री भएको उल्लेख गर्दै उनले भने, आफैले संसद विघटन गर्ने आफै कामचलाउ प्रधानमन्त्री हु भन्नपनी नसक्ने । नेपालले संसद बिघटन गलत कार्य भएकै कारण निरंकुश प्रवृतिका विरुद्ध मुलुक एक भएको बताए ।
ओली राजनीतिका क्यान्सर हुनःबाबुरा भट्राई
जसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओली बाह्य शक्तिको मतियार बनेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा उनले नेपालका पार्टीभित्रै समस्या भएर बाहिरको शक्तिले खेल्ने ठाँउ पाएको भन्दै ओली पनि बाह्य शक्तिका मतियार बनेको बताए ।
उनले सरकारले घोषणा गरेको चूनाव कुनै हालतमा नहुने तर्क गरे । ुचुनाव हुन्न काङ्ग्रेस र हामिले मुख नमिठाउु उनले भने ुचुनावमा केही सिट जितौला तर ओलीले चुनाव नै गराउदैनन् । ु भट्टराईले अदालतमाथि आस र भरोसा गर्नुपर्ने बताए । ओली राजनीतिका क्यान्सर भएको भन्दै उनले भने, ओलि राजनीति का क्यान्सर हुन, यस्ले नेकपा खायो अब हामिलाई पनि खान्छु भट्टराईले ओली परिवर्तनको विरोधी भएको आरोप पनि लगाए । ओलिले नियोजित तरिकाले संसद विघटन गरेको भन्दै उहाले २०१७,२०६१–०६२ को कु भन्दा बढि ठूलो कु अहिले भएको तर्क गरे ।
४६ सालको संविधान हेरेर ओलीले संसद विघटन गरे मिनेन्द्र रिजाल
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री ओलिले २०४६ सालको संविधान देखाएर संसद विघटन गरेको दावी गरेका छन् । नेकपा प्रचण्ड नेपाल पक्षले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले व्यंग्य गर्दै भने, आवश्यक परे उनी २०१९ सालको संविधान देखाउन कदम चाल्न पनि समय लगाउदैनन् । यो ओलि प्रवृति हो । यसको विरोध गरौ । चुनाव जित्ने नजित्ने होईन । अदालतलाई हेर्ने दृष्टिकोण फरक छ । हामी अदालतको फैसला कुर्छौ ।
जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले अदालतमाथि शंका व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सबैले यतिबेला सर्बोच्च अदालतको फैसलाको व्यग्र प्रतिक्षा गरिरहेका बेला नेता ठाकुरले भने अदालतमाथि आशंका व्यक्त गरेका हुन् । प्रतिनिधि सभा विघटन बिरुद्ध राजनैतिक पार्टीहरुको अन्तरक्रिया कार्यक्रममा ठाकुरले आफूहरुलाई अदालतमाथि विश्वास नभएको बताए । न्याय माग्दा धेरै साथीहरु आजीवन जेल जीवन भोगिरहेको भन्दै उनले यसो बताएका हुन् । ओलीको देखावटी राष्ट्रवादको पछि धेरै व्यक्ति भ्रमित भएको बताउँदै उनले पहिले ओलीको राष्ट्रवादमा मख्ख हुनेहरु सबै अहिले ओली प्रवृत्तिको शिकार बनेको समेत उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्: