नेकपाद्वारा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं । १८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
प्रचण्ड नेपालले नेतृत्व गरेको नेकपाले पुस २० गतेदेखि माघ २३ गतेसम्म विरोधका कार्यक्रममा सार्वजनिक गरेका हुन् । राजधानीमा विरोध प्रदर्शन र सभा गरेर दोस्रो चरणको आन्दोलन समापन गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सरकारको असंवैधानिक कदम छिट्टै असफल पार्ने बताए । ‘उनीहरुले सत्ताको बलमा गर्न सक्छौँ भन्ने सोचेका छन्,’संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले भने, ‘हामी संघर्ष र स्वतन्त्र न्यायपालिकाको बलमा गर्न सक्छौँ ।
उनले संसद पुनःस्थापना नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए ।
यस्ता छन् दोस्रो चरणका कार्यक्रम
प्रतिक्रिया दिनुहोस्: