Bagmati Samachar Logo

राष्ट्रियसभामा काँग्रेसः प्रधानमन्त्रीको कदम पूर्ण रुपमा असंवैधानिक

काठमााडौं । राष्ट्रिय सभाका सदस्य जितेन्द्रनारायण देवले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताएका छन् । प्रधानमन्त्रीले संसद विघट गर्नु असंवैधानिक भएको बताएका छन् । उनले भने ‘ सरकार बनाउन नसक्ने अवस्थामा मात्र प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने अधिकार छ । तर प्रधानमन्त्रीले असंवैधानिक काम गरेका छन् ।’

यसको मुख्य कारण वर्तमान सरकार र प्रधानमन्त्री हो । देश गंभिर राजनीतिक दुर्घटनामा पुर्याउने काम, प्रतिनिधिसभाको विघटन असंवैधानिक र अलोकतान्त्रिक छ । सर्बोच्च अदालतले थप ब्याख्या गर्ला । अदालतले गरेको फैसला काँग्रेसले मान्ने छ ।

संविधानको धारा ७६ र यसका उपधारा भित्र बहुमतको सरकारलाई संसद विघटन गर्ने अधिकार दिएको छैन । संसदमा ५ पटक परिक्षण गर्नुपर्छ । जनताको सार्वभौमिकतामाथि कार्यकारीले आक्रमण गर्न पाउदैन भन्ने अवधारणा हो त्यो ।

हाम्रो देश संवैधानिक सर्बोच्चता हो कि कार्यकारीको सर्बोच्चता हो । यो संविधानले कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरेको होईन । राजनीतिक हिसावले पनि यो गलत छ । यो हरेक लोकतन्त्रवादी र अग्रगमन चाहनेको प्रश्न हो यो । कि तपाईलाई पार्टी भित्र समस्या भयो भने त्यो तपाईको पार्टीको समस्या हो देशको समस्या होईन । तपाईले कि पार्टीमा बहुमत आर्जन गर्न सक्नुपर्दथ्यो । कि राजिनामा दिनुपर्दथ्यो । देशलाई अप्ठ्यारोमा जाकिदिने । तपाईलाई यो अधिकार थिएन ।

उनले थपे, सरकारको अगुवा नेता केपी ओलीलाई अधिकारको भोक धेरै थियो । यसकारण हामी भन्थ्यौ नेकपा अधिनायवादी छ भनेर । बुढो मरेको चिन्ता होइन काल पल्केको चिन्ता रहेको देवले बताए । देशको समस्याले नभएर नेकपाको समस्याले संसद विघटन भएको हो । सरकारले देशलाई खाल्डोमा हालेको छ , उनले भने ‘कम्युनिस्ट हौं भन्नेले विश्वमा यस्तो काम गर्दैन । यो जनताको हित विपरित काम गरेको छ ।

अग्रगमनकोलागि लडेका सबै चिन्तित छौ । हामी अप्ठेरो अवस्थामा छौ । रेस्क्यु हुन्छ कि हुदैन ?’ उनले महाराजाका नयाँ लुगा भन्ने कथा पढेको स्मरण गदै भने, ‘ महाराजलाई नयाँ लुगा लगाइ दिएर उनका अन्धभक्तहरुले शहर घुमाएका थिए । उनको गुणगान गाउदै थिए । तर बच्चाले महाराज त नाङगै होईसिन्छ भन्यो । बच्चाले सत्यको उदघाटन गरेको थियो । त्यस्तै अहिले भएको छ ।’ एक तर्फ महाराजले जे गरे ठिक गरे , प्रतिनिधि सभा विघटन गरे ठिक गरे भन्दै छन् ।

प्रधानमन्त्री पनि ६४ प्रतिशतको प्रधानमन्त्री भएकाले संवैधानिक अधिकार प्रयोग गरे भन्दै छन् । तर संविधानको धारा ७६ को उपधारा १ देखि १० सम्म पढ्ने हो भने हामी थाह पाउछौ के छ त्यहाँ व्यवस्था भनेरस देवले भने ‘राष्ट्रपति कार्यलयको विज्ञप्ती पढ्ने हो भने फरक छ । त्यहाँ संविधानका धारा र अन्तर्राष्ट्रिय उदाहरणहरु दिएका छन् ।

तरपनि यो असंवैधानिक छ । देश ठूलो राजनीति दुर्घटनाको बिन्दुमा पुगेको छ । कुहिराको काग जस्तो बनेको छ । काग कुहिरोमा हिड्दा हिड्दै तल झर्छ र मर्छ बाच्दैन । नेपालको अवस्था पनि यस्तै भएको छ ।’