ताजा अपडेट
समाचार

संविधानको धारा ८० बमोजिम मन्त्रीको शपथ (सूचीसहित)

संविधानको धारा ८० बमोजिम मन्त्रीको शपथ (सूचीसहित)

काठमाडौं । १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख छ । संविधानतः मन्त्री हुनका लागि संसद् सदस्य अनिवार्य मानिएको छ । संसद् सदस्य हुन नसकेमा ६ महिनाभित्रमा संसद् सदस्य हुनुपर्ने प्रावधान छ ।

संविधानको धारा ८० मा ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानुन बमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ’ भनिएको छ । आज भएका मन्त्रीमा सांसद नभएका व्यक्ति पनि मन्त्री भएका छन् ।

यस्तो छ नयाँ मन्त्रीको सूची र पुराना मन्त्रीको कार्यविभाजन

१. केपी शर्मा ओली प्रधानमन्त्री रक्षा

२.ईश्‍वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल
३. रामबहादुर थापा मन्त्री गृह

४. टोपबहादुर रायमाझी मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाई

५. विष्णुप्रसाद पौडेल मन्त्री अर्थ

६. प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्‍ट्र

७. हृदयेश त्रिपाठी मन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या

८. लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

९. कृष्णगोपाल श्रेष्ठ मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि

१०.प्रभु साह मन्त्री सहरी विकास

११. भानुभक्त ढकाल मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

१२. मणिचन्द्र थापा मन्त्री खानेपानी

१३. पद्माकुमारी अर्याल मन्त्री कृषि तथा पशुपन्छी विकास

१४. वसन्तकुमार नेम्वाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात

१५. गौरीशंकर चौधरी मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा

१६. पार्वत गुरुङ मन्त्री सञ्‍चार तथा सूचना प्रविधि

१७. डा.शिवमाया तुम्बाहाङफे मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

१८. लिलानाथ श्रेष्ठ मन्त्री कानून, न्याय तथा संसदीय मामिला

१९.गणेशसिंह ठगुन्ना मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन

२०. प्रेमबहादुर आले मन्त्री वन तथा वातावरण

२१. जुलीकुमारी महतो मन्त्री महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक

२२. दावा लामा तामाङ मन्त्री युवा तथा खेलकुद

२३. नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या

२४.रामबिर मानन्धर राज्यमन्त्री सहरी विकास

२५. विमला वि.क. राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…